Friday, November 6, 2026
Breaking
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : घर बीमा र लोककल्याणकारी विज्ञापन कार्यविधि स्वीकृत कर्णालीमा स्याउ बोर्डसम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी, मन्त्रिपरिषद्बाट स्वीकृति मिलन लिम्बुको दुई गोलमा सेकाहाले उचाल्यो सङ्खुवासभा गोल्डकपको उपाधि चालु वर्षको स्टार्टअप कर्जा : मंसिरको अन्तिम सातासम्म आवेदन खुल्ने तयारी झापामा २३ लाखभन्दा बढीका पटका नष्ट चितवनमा जीप खोल्सामा खस्दा २५ जना घाइते कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : घर बीमा र लोककल्याणकारी विज्ञापन कार्यविधि स्वीकृत कर्णालीमा स्याउ बोर्डसम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी, मन्त्रिपरिषद्बाट स्वीकृति मिलन लिम्बुको दुई गोलमा सेकाहाले उचाल्यो सङ्खुवासभा गोल्डकपको उपाधि चालु वर्षको स्टार्टअप कर्जा : मंसिरको अन्तिम सातासम्म आवेदन खुल्ने तयारी झापामा २३ लाखभन्दा बढीका पटका नष्ट चितवनमा जीप खोल्सामा खस्दा २५ जना घाइते

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

बाढीले बस्तीमा क्षति पुर्‍याएपछि काभ्रेपलाञ्चोकको खानी सञ्चालनमा रोक

समाचार By

बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति दिनुका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी चलाउन पाइने छैन ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कात्तिक १८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बेथानचोक गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

गत कात्तिक १२ देखि १४ गतेसम्म भएको वर्षाका कारण कात्तिक १४ गते बिहान बस्तीमा ढुङ्गा, माटो र गेग्रान पसेको थियो । उद्योगबाट निस्किएको फोहोर अव्यवस्थित रूपमा थुपारिएका कारण भारी वर्षापछि बगेर बस्तीमा पस्दा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त घटनामा सेते तामाङ, पोतेबहादुर तामाङ, हर्कबहादुर तामाङ, पुष्पामाया तामाङ, जगतबहादुर तामाङ र सुमन तामाङका घर पूर्ण रूपमा क्षति भएका थिए । बाढीले खानेपानीको मुहान, पाइपलाइन र विद्युत्का पोलमा समेत क्षति पुर्‍याएको थियो । घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने नभएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।

समितिले प्रभावित परिवारलाई गाउँपालिकाले निर्धारण गरेअनुसार क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगबाट निस्किएको ढुङ्गा तथा अन्य फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । यी दुवै काम पूरा नभएसम्म खानी सञ्चालन गर्न नपाइने अध्यक्ष अधिकारीले बताए ।

गाउँपालिकाबाट पुनः अनुमति नलिई उद्योग सञ्चालन गरेमा बन्द गराई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिइएको छ । समितिले खहरेखोलाको किनारमा सिमेन्टको पर्खाल निर्माण गर्ने वा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *