Thursday, November 5, 2026
Breaking
सयपत्री खेतीबाटै पहिचान बनाएका हेटौँडाका बालकृष्ण, अरू किसानलाई पनि बजारको साथ बाढीको चपेटामा परेको मध्यकालीगण्डकी आयोजना एक महिनादेखि ठप्प मूल्यवृद्धिको चापबीच इङ्गल्यान्डको केन्द्रीय बैङ्कले ब्याजदर बढायो पोखरियामा सडक सुरक्षा सचेतना र्‍याली: विद्यार्थीले सिकाए ट्राफिक नियम कागजातभन्दा बढी माछा बोकेको ट्रक वीरगन्जमा पक्राउ, चालकसहित भन्सारमा बुझाइयो ममता काफ्ले हत्या मुद्दा : श्रीमतीको शव टुक्र्याएको भट्टले अदालतमा स्वीकारे सयपत्री खेतीबाटै पहिचान बनाएका हेटौँडाका बालकृष्ण, अरू किसानलाई पनि बजारको साथ बाढीको चपेटामा परेको मध्यकालीगण्डकी आयोजना एक महिनादेखि ठप्प मूल्यवृद्धिको चापबीच इङ्गल्यान्डको केन्द्रीय बैङ्कले ब्याजदर बढायो पोखरियामा सडक सुरक्षा सचेतना र्‍याली: विद्यार्थीले सिकाए ट्राफिक नियम कागजातभन्दा बढी माछा बोकेको ट्रक वीरगन्जमा पक्राउ, चालकसहित भन्सारमा बुझाइयो ममता काफ्ले हत्या मुद्दा : श्रीमतीको शव टुक्र्याएको भट्टले अदालतमा स्वीकारे

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

ममता काफ्ले हत्या मुद्दा : श्रीमतीको शव टुक्र्याएको भट्टले अदालतमा स्वीकारे

समाचार By

अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतमा आफूले श्रीमतीको शव टुक्र्याएको स्वीकार गरेका छन्। मुद्दाको सुनुवाइका क्रममा बिहीबार बयान दिँदै उनले शयनकक्षको भुईँमा श्रीमती मृत अवस्थामा भेटिएपछि शव काटेको बताएका हुन्।

भट्टविरुद्ध प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ। अदालतमा उनले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई शयनकक्षको भुईँमा अचेत अवस्थामा फेला पारेको दाबी गरे। उनका अनुसार ममताको मुख र भुईँमा देखिएको बान्तामा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेष थिए।

उनले श्रीमतीलाई छामेर हेरेको, बोल्ने प्रयास गरेको र सिपिआर लगायतका जीवनरक्षक उपाय अपनाएको बताए। तर त्यसपछि उनले शव टुक्र्याउने निर्णय लिएको र सुरुमा शरीरको तल्लो भाग अलग्याउने प्रयास गरेको बयान दिए। शव बाथरुममा लगेको तर शारीरिक रूपमा कमजोर महसुस भएकाले पहिलो दिन त्यतिमै रोकेको उनले बताए।

बयानअनुसार उनले बच्चाको कपडा फेर्ने स्टेसनले शयनकक्षको ढोका थुनेर आफ्नी नाबालक छोरीको स्याहार, खुवाउने र सुताउने काम गरे। उक्त रात आफू सुत्न नसकेको र डर लागेका कारण पूजा कोठामा समेत नगएको उनले अदालतलाई बताए।

ममता काफ्लेको शव अहिलेसम्म फेला पर्न सकेको छैन। नरेश भट्ट सन् २०२४ अगस्टमा पक्राउ परेयता निरन्तर हिरासतमा छन्।

युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सुरुमा भट्टले श्रीमती बेपत्ता भएको कुरा अस्वीकार गर्दै अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। ममताका साथीभाइ तथा परिवारले भने उनले आफ्नी सानी छोरीलाई कुनै पनि हालतमा छोडेर नजाने बताएका थिए।

भट्टले अगस्ट ५, २०२४ मा मात्रै प्रहरीमा श्रीमती बेपत्ता भएको उजुरी दर्ता गराएका थिए। त्यस क्रममा उनले श्रीमतीले आफूलाई छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको प्रस्ताव राखेको दाबी गरेका थिए। तर प्रहरीले उनीहरूको मुख्य शयनकक्ष र बाथरुममा रगतका टाटा फेला पारेपछि तथा कपालका टुक्रा अड्किएको विद्युतीय आरा बरामद गरेपछि अगस्ट २२, २०२४ मा भट्टलाई पक्राउ गरेको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *