पाल्पा । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडकखण्डको कालीगण्डकी–२ राक्सेमा गएराति सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। माथिबाट खसेको सुख्खा माटो र ढुङ्गाले सडक छोपेपछि त्यस खण्ड भएर हुने सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
पहिरो खसेको जानकारी पाएलगत्तै सडक डिभिजन पाल्पाले मेसिन तथा उपकरण परिचालन गरेर पहिरो पन्छाउने काम सुरु गरेको छ। डिभिजनले सडक छिट्टै खुलाउने प्रयास भइरहेको जनाएको छ। पहिरो पन्छाउने काममा केही समय लाग्न सक्छ।
कालीगण्डकी करिडोर मुलुकको महत्वपूर्ण उत्तर–दक्षिण सडक सञ्जाल हो। यस खण्ड अवरुद्ध हुँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ। सडक खुल्नेबित्तिकै यातायात नियमित हुने डिभिजनले जनाएको छ।
सुक्खा पहिरो कुनै पूर्वसूचना बिना नै खस्ने भएकाले त्यस क्षेत्र भएर यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने देखिएको छ। सम्बन्धित निकायले अवस्थाको अनुगमन गरिरहेको छ।
