अमेरिकामा सम्पन्न मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएको छ। रिपब्लिकनका कैयौँ गढ मानिने राज्यमा डेमोक्रेटिक पार्टीले जित हात पारेको छ।
सन् १९९० देखि टेक्सास राज्यमा रिपब्लिकनले चुनाव जित्दै आएको थियो। तर यसपटक टेक्साससहित विभिन्न राज्यमा डेमोक्र्याटले बाजी मारे। मेक्सिकोसँग सीमा जोडिएको दक्षिणी राज्य टेक्सासमा लामो समयदेखि आप्रवासनका मुद्दा जटिल बन्दै आएका छन्।
यसपटक अमेरिकी प्रतिनिधिसभाका ४३५ वटै सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि मतदान भएको थियो। चुनावमा ट्रम्पले सम्पूर्ण बहुमत गुमाएका छन्।
परिणामपछि ह्वाइट हाउसको नीतिमा फेरबदल आउने प्रक्षेपण सुरु भएको छ। मध्यपूर्वमा ट्रम्पका कदम र इरानमाथिको दबाबबाट ह्वाइट हाउस पछि हट्ने संकेत देखिएको छ।
यतिबेला ट्रम्पमाथि महाभियोग लगाउनेसम्मको चर्चा सुरु भएको छ। डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता बाराक ओबामाले ट्रम्पमाथि केही मुद्दा उठाएर महाभियोगको बहस थालेका छन्।
