Saturday, November 7, 2026
Breaking
न्युजिल्यान्डको तटमा ४३ पाइलट ह्वेलको सामूहिक मृत्यु, उद्धार प्रयास असफल चाडपर्वको सुरक्षामा प्रहरीको विशेष योजना : देशभर ४०८ सहायता कक्ष, एक हजार १६५ प्रहरी खटिने दश महिना बित्यो, धोमा इलाका प्रशासन कार्यालय अझै सञ्चालनमा आएन टेस्ट क्रिकेटबाट मोहम्मद शमीको बिदाइ, सीमित ओभरको क्रिकेट भने जारी राख्ने बैंक संकटको छायामा पाराग्वे : राष्ट्रपति महाअभियोगबाट पदच्युत, नजरबन्दमा जनकपुरधाम–अयोध्या रेल सम्पर्कको तयारी तीव्र, १७ बोगीसहित परीक्षण रेल कुर्था पुग्यो न्युजिल्यान्डको तटमा ४३ पाइलट ह्वेलको सामूहिक मृत्यु, उद्धार प्रयास असफल चाडपर्वको सुरक्षामा प्रहरीको विशेष योजना : देशभर ४०८ सहायता कक्ष, एक हजार १६५ प्रहरी खटिने दश महिना बित्यो, धोमा इलाका प्रशासन कार्यालय अझै सञ्चालनमा आएन टेस्ट क्रिकेटबाट मोहम्मद शमीको बिदाइ, सीमित ओभरको क्रिकेट भने जारी राख्ने बैंक संकटको छायामा पाराग्वे : राष्ट्रपति महाअभियोगबाट पदच्युत, नजरबन्दमा जनकपुरधाम–अयोध्या रेल सम्पर्कको तयारी तीव्र, १७ बोगीसहित परीक्षण रेल कुर्था पुग्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

घरमै सिमकार्ड : पर्सामा हुलाक सेवाबाट टेलिकमको नयाँ सुविधा सुरु

समाचार By

पर्सा । नेपाल टेलिकमको सिमकार्ड अब पर्सा जिल्लाका सेवाग्राहीको घरमै पुग्ने भएको छ। हुलाक सेवामार्फत घरघरमा सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको हो।

यस सेवाअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि हुलाकमार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन्। जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवका अनुसार सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो।

सेवा सुरु भएसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म जानुपर्ने बाध्यता हटेको छ। नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन्।

सेवाको सुरुवातमा हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड उपलब्ध गराएका छन्।

हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस) र हुलाक बचत बैंकसम्बन्धी सेवा मात्रै दिँदै आएको थियो। त्यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्वपूर्ण सरकारी कागजातहरू पनि हुलाकमार्फत ढुवानी र वितरण हुँदै आएका छन्। विभागले हुलाक वस्तु तथा पार्सल कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई थप व्यवस्थित बनाएको जनाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *