काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीको आन्ताल्या पुगेका छन्। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
नोभेम्बर ९ देखि २० सम्म चल्ने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ। उनी नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।
सम्मेलनका क्रममा मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली एजेन्डासम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। उक्त कार्यक्रम हिमनदी, हिमक्षेत्र र जलवायु लचकताका विषयमा केन्द्रित हुनेछ।
यसबाहेक उनले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा भाग लिनुका साथै समकक्षी मन्त्री र अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ।
