Sunday, November 8, 2026
Breaking
झिलिमिलीको छायाँमा हराउँदै थारू समुदायको परम्परागत ‘लर्कट’ बत्ती चाडपर्वमा फोहोर नउठ्नुको पछाडि कर्मचारी बिदा मात्र होइन, बञ्चरेडाँडावासीको दबाब ब्रिस्बेनमा नेपाली क्लबको ऐतिहासिक जित: गोल्ड कोस्टले जित्यो क्यूएनसीए ‘बी’ उपाधि रुकुम पश्चिमसहित सात जिल्लामा मेघगर्जनसहित वर्षाको सम्भावना, बाँफिकोटमा हल्का वर्षा रियादको आर्थिक केन्द्रमा आक्रमण : अरामको भवनमा क्षति थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय यात्री विमानस्थलमा समातिए झिलिमिलीको छायाँमा हराउँदै थारू समुदायको परम्परागत ‘लर्कट’ बत्ती चाडपर्वमा फोहोर नउठ्नुको पछाडि कर्मचारी बिदा मात्र होइन, बञ्चरेडाँडावासीको दबाब ब्रिस्बेनमा नेपाली क्लबको ऐतिहासिक जित: गोल्ड कोस्टले जित्यो क्यूएनसीए ‘बी’ उपाधि रुकुम पश्चिमसहित सात जिल्लामा मेघगर्जनसहित वर्षाको सम्भावना, बाँफिकोटमा हल्का वर्षा रियादको आर्थिक केन्द्रमा आक्रमण : अरामको भवनमा क्षति थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय यात्री विमानस्थलमा समातिए

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

कोदोको बारीमा सयपत्री फुल्दा स्याङ्जाका किसानको आम्दानी बढ्यो

अर्थतन्त्र By

स्याङ्जा । कुनै बेला कोदो र अन्य अन्नबाली लगाइन्थ्यो, त्यही बारीमा अहिले सयपत्री फूल फुल्न थालेपछि स्याङ्जाका किसानको आम्दानी बढेको छ । बाँदरले अन्नबालीमा जस्तो क्षति नपुर्‍याउने र बजारमा माग राम्रो भएकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । तिहारलाई लक्षित गरी सुरु भएको व्यावसायिक फूलखेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका तथा गल्याङ, चापाकोट र वालिङ नगरपालिकामा व्यावसायिक सयपत्री खेती भइरहेको छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरका ७१ वर्षीय धनबहादुर थापाले पाँच वर्षदेखि चार रोपनी जग्गामा कर्मा–५५५ जातको सयपत्री लगाउँदै आएका छन् । यस आर्थिक वर्षमा साढे चार क्विन्टल फूल उत्पादन भएको उनले बताए । गत आर्थिक वर्षमा उनले ६ क्विन्टल फूल उत्पादन गरेर प्रतिकिलो २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री गरी एक वर्षमा करिब तीन लाख रुपैयाँ आम्दानी गरेका थिए ।

कालीगण्डकी गाउँपालिका–२ लसर्गाकी पुष्पा सिंह रानाले चार वर्षदेखि दुई रोपनीमा फूलखेती गर्दै आएकी छन् भने बासटारीका रविलाल गौडेलले साढे दुई रोपनीबाट दुई लाख रुपैयाँ आम्दानी गरेका छन् ।

कालीगण्डकी गाउँपालिकाले सुरुमा आफैं फूलखेती गरेर किसानलाई यसतर्फ आकर्षित गरेको थियो । फूल उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई दुई वर्षसम्म प्रतिरोपनी नौ हजार रुपैयाँ अनुदान र बीउ दिइएको सूचना अधिकारी टीकाकुमारी क्षेत्रीले बताइन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार चालु आर्थिक वर्षमा यहाँका किसानले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको फूल बिक्री गर्ने अनुमान छ । सात वडा रहेको गाउँपालिकामा वडा नम्बर ४ बाहेक अन्य वडाका १५ किसानले करिब ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् ।

जिल्लामा फूलको व्यावसायिक उत्पादन बढ्दै गएपछि बाहिरी जिल्लाबाट फूल र माला आयात गर्ने क्रमसमेत घट्न थालेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *