Sunday, November 8, 2026
Breaking
रियादको आर्थिक केन्द्रमा आक्रमण : अरामको भवनमा क्षति थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय यात्री विमानस्थलमा समातिए शिवाकोटी साइबर ब्युरोमा उपस्थित, सरकारले दबाब दिएर अनुसन्धान गराएको आरोप ऊर्जा क्षेत्रमा भोटेकोशी बाढीको असर : १ खर्ब ३२ अर्ब क्षति, पुनर्निर्माणमा २ खर्बभन्दा बढी लाग्ने बालुवाटारस्थित रेस्टुरेन्टमा छापा: जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ वोलोंगोंगमा देउसी–भैलो: प्रवासी नेपालीले मनाए तिहारको रौनक रियादको आर्थिक केन्द्रमा आक्रमण : अरामको भवनमा क्षति थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय यात्री विमानस्थलमा समातिए शिवाकोटी साइबर ब्युरोमा उपस्थित, सरकारले दबाब दिएर अनुसन्धान गराएको आरोप ऊर्जा क्षेत्रमा भोटेकोशी बाढीको असर : १ खर्ब ३२ अर्ब क्षति, पुनर्निर्माणमा २ खर्बभन्दा बढी लाग्ने बालुवाटारस्थित रेस्टुरेन्टमा छापा: जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ वोलोंगोंगमा देउसी–भैलो: प्रवासी नेपालीले मनाए तिहारको रौनक

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

बालुवाटारस्थित रेस्टुरेन्टमा छापा: जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ

समाचार By

काठमाडौंको बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ६ लाख ६५ हजार १ सय ९५ रुपैयाँ नगद र तास बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीका अनुसार २०८३ साल माघ २२ गते राति करिब २ बजे उक्त रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले रेस्टुरेन्टमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

छापा मार्ने क्रममा जुवाखालबाट ९ बुक तास, ६ लाख ६५ हजार १ सय ९५ रुपैयाँ नगद र १० थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सुनिल श्रेष्ठ, सहिद महम्मद, सरोज कार्की, सोनाम शेर्पा, अनिल लामिछाने, गणेश मान श्रेष्ठ, अनिल भण्डारी, ताराविर तामाङ र महेन्द्र खनाल रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *