Monday, November 9, 2026
Breaking
दैलेखमा बिरामी बोकेको बलेरो सडकबाट २०० मिटर तल खस्यो, चालकसहित ६ घाइते मोरङमा रड प्रहार गरी ४० वर्षीय पुरुषको हत्या, एक पक्राउ, श्रीमती फरार हिउँदमा बिजुली संकटको जोखिम : बर्खामा निर्यात, हिउँदमा आयातको निर्भरता एनपीएलको तथ्याङ्क : ब्याटिङमा विदेशीको दबदबा, बलिङमा नेपालीको छाप सिड्नीमा आप्रवासन नीतिलाई लिएर दुई पक्ष सडकमा रुसी डिजेल बोकेको ट्यांकर अमेरिकी तटतर्फ, वासिङ्टनको मस्को नीतिमा ठूलो मोड दैलेखमा बिरामी बोकेको बलेरो सडकबाट २०० मिटर तल खस्यो, चालकसहित ६ घाइते मोरङमा रड प्रहार गरी ४० वर्षीय पुरुषको हत्या, एक पक्राउ, श्रीमती फरार हिउँदमा बिजुली संकटको जोखिम : बर्खामा निर्यात, हिउँदमा आयातको निर्भरता एनपीएलको तथ्याङ्क : ब्याटिङमा विदेशीको दबदबा, बलिङमा नेपालीको छाप सिड्नीमा आप्रवासन नीतिलाई लिएर दुई पक्ष सडकमा रुसी डिजेल बोकेको ट्यांकर अमेरिकी तटतर्फ, वासिङ्टनको मस्को नीतिमा ठूलो मोड

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

हर्मुज जलमार्गमा तीन ट्याङ्करमा विस्फोट र आगलागी

विश्व By

हर्मुज जलमार्गमा आइतबार बिहान तीनवटा तेल ट्याङ्करमा विस्फोट भएपछि आगलागी भएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले विज्ञप्ति जारी गर्दै अनुमति नलिई अवैध मार्गबाट यात्रा गरिरहेका तीन ट्याङ्कर विस्फोट भएको जनाएको हो। गार्डले ती ट्याङ्करको नाम वा राष्ट्रियता भने खुलाएको छैन।

फेब्रुअरीको अन्त्यमा इरान युद्ध सुरु भएयता तेहरानले रणनीतिक जलमार्गबाट हुने आवागमनमा कडा नियन्त्रण लगाएको छ र जहाजहरूलाई आफूले तोकेको मार्ग मात्र प्रयोग गर्न भनेको छ। यसको जवाफमा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ र ट्याङ्करलाई हर्मुज घाँटी पार गर्न सहयोग गर्दै आएको छ। यो जलमार्ग भएर विश्वको इन्धन मागको पाँच भागको एक भाग आपूर्ति हुन्छ।

बेलायती सामुद्रिक एजेन्सी यूकेएमटीओले एक दिनअघि ओमानको खासाब तट नजिकैको जलडमरूमध्यमा एउटा ट्याङ्करमा आगलागी भएको जनाएको थियो। चालक दललाई उद्धार गरिएको भए पनि ट्याङ्करमा आगो लागिरहेको एजेन्सीले बताएको छ। ओमानको खाडीमा जलिरहेको जहाजबाट २२ जनाको उद्धार गरिएको र उनीहरूको अवस्था सामान्य रहेको इमिराती सरकारी सञ्चारमाध्यमले जनाएको छ।

तेहरानले हालैका हप्तामा हर्मुज घाँटीमा धेरै जहाजमा आगलागी भएको घोषणा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले गर्मीयामदेखि हर्मुज हुँदै खाडी मुलुकबाट १ अर्ब ५० करोड ब्यारेल तेल निर्यातमा सहयोग गरेको बताएको छ।

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले शनिबार अबेर केश्म, सिरिक, जास्क र बन्दर अब्बासमा विस्फोटको जस्तो आवाज सुनिएको जनाएको छ। आवाजको कारण अझै थाहा भएको छैन। बन्दरगाह सहर जास्कमा यसको असर परेको पुष्टि भएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः कडा आक्रमण गर्ने सम्भावनाबारे कुरा गर्नुभएको थियो, तर पछि उहाँ त्यो विचारबाट पछि हट्नुभएको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *