Wednesday, November 11, 2026
Breaking
नाटो मुख्यालयमा कार्यरत अमेरिकी सैनिक जासुसीको आरोपमा बेलायतमा पक्राउ हेगसेथमाथिको महाअभियोग प्रयास विफल, प्रस्ताव समितिमै थन्कियो झापा सीमामा दुई दिनमा झण्डै ४० लाखका अवैध फूलमाला बरामद बुधबार हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा सफा मौसम भाइटीका आज: दाजुभाइको दीर्घायुको कामना र सप्तरंगी टीकाको परम्परा कोप–३१ मा हिमाली आवाज एकजुट: नेपाल, भुटान र किर्गिस्तानको साझा मोर्चा नाटो मुख्यालयमा कार्यरत अमेरिकी सैनिक जासुसीको आरोपमा बेलायतमा पक्राउ हेगसेथमाथिको महाअभियोग प्रयास विफल, प्रस्ताव समितिमै थन्कियो झापा सीमामा दुई दिनमा झण्डै ४० लाखका अवैध फूलमाला बरामद बुधबार हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा सफा मौसम भाइटीका आज: दाजुभाइको दीर्घायुको कामना र सप्तरंगी टीकाको परम्परा कोप–३१ मा हिमाली आवाज एकजुट: नेपाल, भुटान र किर्गिस्तानको साझा मोर्चा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

झापा सीमामा दुई दिनमा झण्डै ४० लाखका अवैध फूलमाला बरामद

समाचार By

झापा । भारतसँग सीमा जोडिएका झापाका विभिन्न क्षेत्रबाट अवैध रूपमा भित्र्याइँदै गरेका करिब ४० लाख रुपैयाँ मूल्यका फूलमाला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरको गस्ती तथा चेकजाँच टोलीले दुई दिनको अवधिमा रु ३९ लाख ७८ हजार ७०० बराबरका भारतीय फूलमाला बरामद गरेको हो ।

गणपति सचिन कर्माचार्यका अनुसार सोमबार रु २५ लाख ६३ हजार ४०० र मंगलबार रु १४ लाख १५ हजार ३०० मूल्यका फूलमाला बरामद गरिएका हुन् । काँकडभिट्टा, भद्रपुर र केचनालगायतका सीमावर्ती नाकाबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामग्री नियन्त्रणमा लिइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय झापाले यस वर्षको पर्वमा भारतबाट फूलमाला आयातमा रोक लगाएको छ । प्रशासनले पर्वमा स्वदेशी फूल प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन प्रशासनले सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइएको हो ।

बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *