Friday, October 30, 2026
Breaking
बङ्गसामोरोको मुख्यमन्त्रीमा पूर्वविद्रोही नेता माकाकुआ निर्वाचित पूँजी बजारमा नयाँ उपकरण भित्र्याउन धितोपत्र बोर्डको सात सदस्यीय समिति पत्रकार पक्राउ प्रकरण : प्रधानमन्त्री र उनको कार्यालयलाई जानकारी नै थिएन, दाहालको दाबी घरजग्गा नखुल्दा बजार सुस्त, चेम्बर उपाध्यक्ष भन्छन् — नीतिगत सहजता चाहियो गृह मन्त्रालयका प्रवक्ताको जवाफ — पत्रकार पक्राउबारे थप बुझ्न बाँकी छ पत्रकार पक्राउविरुद्ध जेन-जी पत्रकार फोरमको विरोध, तत्काल रिहाइको माग बङ्गसामोरोको मुख्यमन्त्रीमा पूर्वविद्रोही नेता माकाकुआ निर्वाचित पूँजी बजारमा नयाँ उपकरण भित्र्याउन धितोपत्र बोर्डको सात सदस्यीय समिति पत्रकार पक्राउ प्रकरण : प्रधानमन्त्री र उनको कार्यालयलाई जानकारी नै थिएन, दाहालको दाबी घरजग्गा नखुल्दा बजार सुस्त, चेम्बर उपाध्यक्ष भन्छन् — नीतिगत सहजता चाहियो गृह मन्त्रालयका प्रवक्ताको जवाफ — पत्रकार पक्राउबारे थप बुझ्न बाँकी छ पत्रकार पक्राउविरुद्ध जेन-जी पत्रकार फोरमको विरोध, तत्काल रिहाइको माग

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

सुदूरपश्चिममा विचाराधीन विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

राजनीति By

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकलाई चाँडै टुङ्ग्याएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। कांग्रेस प्रदेशसभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुङ्ग्याएर तत्काल प्रदेशसभामा पेस गर्नुपर्नेमा जोड दिनुभयो।

निवर्तमान मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गरी समितिमा छलफलमा रहेका विधेयकबारे चासो राख्दै सभापतिको ध्यानाकर्षण गराइएको बताउनुभयो। उनी नेतृत्वको सरकारले २०८१ साल चैत ३ गते ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र २०८२ जेठ २१ मा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

यी दुवै विधेयक लामो समयसम्म सदनको प्रक्रियामा अगाडि नबढेपछि गत वैशाख १७ गते संसदीय दलको बैठकबाट अविलम्ब सदनमा पेस गरी छलफल प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराइएको संसदीय दलका नेता शाहले स्मरण गराउनुभयो।

‘गत जेठ ११ गते प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुवै विधेयक टेबल गरिएका थिए। जेठ २० गते प्रदेशसभामा सामान्य छलफल भएपछि जेठ २६ गते दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो’, उनले भन्नुभयो, ‘छलफलका क्रममा रहेका यी दुई विधेयकसहित अन्य विचाराधीन विधेयकलाई समेत छिटो टुङ्ग्याएर प्रदेशसभामा पठाउन छलफल भएको हो।’

विधेयकहरू लामो समयसम्म समितिमा रोकिँदा प्रदेशसभाको विधायिकी कार्यसम्पादन र संसदीय प्रक्रियामाथि नै प्रश्न उठ्ने भएकाले जनसरोकार र प्रदेशको दीर्घकालीन विकाससँग जोडिएका विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउन सभापति पाठकसमेत सहमत भएको जनाइएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *