Sunday, November 1, 2026
Breaking
कांग्रेस सभापति थापाको विशेष सम्बोधन आज, पार्टीको कार्यदिशा सार्वजनिक गर्ने बंगालको खाडीमा नयाँ चक्रवात बन्दै, आन्ध्र तटतर्फ अघि बढ्दै — नेपालमा भने असर नपर्ने एनपीएलमा क्रिकेटसँगै गीत–संगीतको धूम, आठै टिमका आफ्नै एन्थम देशभरि लागूऔषधविरुद्धको कारबाही : १३ जना पक्राउ, नगद र सवारीसाधनसमेत बरामद रुसी कब्जाको चार वर्षपछि ओलेश्कीबाट सयौँ नागरिक बाहिर, उद्धारपछि भावुक पुनर्मिलन पकेट खर्चको २,५०० रूपैयाँबाट सुरु भएको ब्रान्ड, अहिले अस्ट्रेलिया, जापान र अमेरिकासम्म कांग्रेस सभापति थापाको विशेष सम्बोधन आज, पार्टीको कार्यदिशा सार्वजनिक गर्ने बंगालको खाडीमा नयाँ चक्रवात बन्दै, आन्ध्र तटतर्फ अघि बढ्दै — नेपालमा भने असर नपर्ने एनपीएलमा क्रिकेटसँगै गीत–संगीतको धूम, आठै टिमका आफ्नै एन्थम देशभरि लागूऔषधविरुद्धको कारबाही : १३ जना पक्राउ, नगद र सवारीसाधनसमेत बरामद रुसी कब्जाको चार वर्षपछि ओलेश्कीबाट सयौँ नागरिक बाहिर, उद्धारपछि भावुक पुनर्मिलन पकेट खर्चको २,५०० रूपैयाँबाट सुरु भएको ब्रान्ड, अहिले अस्ट्रेलिया, जापान र अमेरिकासम्म

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कुहुँको दिपशिखा विद्यालय आवासीय बनाउन महायज्ञ, तीन करोड जुटाउने लक्ष्य

समाचार By

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयमा रूपान्तरण गर्न महायज्ञ आयोजना गरिएको छ। विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन आयोजना गरिएको महायज्ञ यही कात्तिक २६ गतेदेखि आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुनेछ।

‘म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ नाम दिइएको कार्यक्रमका लागि स्थलमा पूर्वाधार निर्माण सुरु भइसकेको छ भने प्रचारप्रसार र व्यवस्थापकीय तयारी तीव्र पारिएको छ।

विद्यालयलाई आवासीयमा रूपान्तरण गर्ने, स्मार्ट विद्यालयको अवधारणाअनुसार सूचना प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने तथा सिकाई उपलब्धि र गुणस्तर वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खत्रीले जानकारी दिए। खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्य पनि रहेको उनले बताए।

विपन्न, भौगोलिक रूपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरी सिकाई उपलब्धि वृद्धि गर्ने उद्देश्य राखिएको प्रधानाध्यापक खत्रीले बताए। प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर वृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्यूनीकरण गर्ने पनि उद्देश्य रहेको उनको भनाइ छ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुनेछ। महायज्ञबाट रु तीन करोड जुटाउने र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले बताए। कार्यक्रममा भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कलशयात्रा, आरती र झाँकी प्रदर्शन गरिनेछ।

कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी छन्। विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *