काठमाडौँ । प्रहरीले पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको छ । मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराललाई अनामनगरबाट पक्राउ गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले जानकारी दिनुभएको छ ।
सादा पोशाकमा आएका प्रहरीले अनामनगरस्थित भाटभटेनी नजिकै रहेको कार्यालयबाट उनलाई ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै नियन्त्रणमा लिएका हुन् । बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ ।
पक्राउको कारण भने अझै खुल्न सकेको छैन । उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतका अनुसार बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । उनी नेकपाका नेता विप्लवसँग निकट मानिन्छन् ।
