Friday, October 30, 2026
Breaking
सरुवा अटेर गर्ने तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक अधिकार खोसियो पत्रिकाको कार्यालयमै पुगे सादा पोशाकका प्रहरी, संवाददाता लैजाने तयारी सिद्धार्थनगरमा १८ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ कोशीमा कात्तिक २५ गते भाषा दिवस, सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा वर्षाले शनिबारका दुवै एनपीएल खेल अनिश्चित भारत लैजान लागिएका हुम्लाका २५ बालबालिका अभिभावकको जिम्मामा सरुवा अटेर गर्ने तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक अधिकार खोसियो पत्रिकाको कार्यालयमै पुगे सादा पोशाकका प्रहरी, संवाददाता लैजाने तयारी सिद्धार्थनगरमा १८ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ कोशीमा कात्तिक २५ गते भाषा दिवस, सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा वर्षाले शनिबारका दुवै एनपीएल खेल अनिश्चित भारत लैजान लागिएका हुम्लाका २५ बालबालिका अभिभावकको जिम्मामा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा, काठमाडौँका सात वडाका ३०२ रोपनी जग्गा सरकारको नाममा

समाचार By

काठमाडौँ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका सात वडाका ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ४, ५, ८, ९, १०, १२ र २९ को जग्गा सरकारको नाममा कायम गरिएको हो । रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी जग्गा नेपाल सरकारको नाममा ल्याएको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको छ ।

प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमिप्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन् ।

रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो । सरकारले रावल आयोगले औंल्याएको सम्पूर्ण जग्गा छानबिन गरी सरकारको नाममा ल्याउने कार्य सुरु गरिसकेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *