Friday, November 6, 2026
Breaking
उत्तरढोकामा ग्लोबल आइएमईको १२ तले कर्पोरेट भवन बन्ने, भूमिपूजा सम्पन्न इटलीसँगको भिडन्तबाट नेपालको विश्वकप छनोट प्लेअफ यात्रा सुरु, तालिका सार्वजनिक सरकारलाई कांग्रेस महामन्त्रीको कडा चेतावनी : षड्यन्त्र बन्द गर्नुहोस्, कांग्रेस डराउँदैन जेलबाट निस्किएलगत्तै लागुऔषधको धन्दामा फर्किएका पूर्व सशस्त्र प्रहरीसहित तीन पक्राउ नेप्से २.६४ अङ्कले उक्लियो, कारोबार ३ अर्ब ४६ करोड पदको दौड होइन, निष्ठाको राजनीति गर्नुस् : चितवनमा रविको आह्वान उत्तरढोकामा ग्लोबल आइएमईको १२ तले कर्पोरेट भवन बन्ने, भूमिपूजा सम्पन्न इटलीसँगको भिडन्तबाट नेपालको विश्वकप छनोट प्लेअफ यात्रा सुरु, तालिका सार्वजनिक सरकारलाई कांग्रेस महामन्त्रीको कडा चेतावनी : षड्यन्त्र बन्द गर्नुहोस्, कांग्रेस डराउँदैन जेलबाट निस्किएलगत्तै लागुऔषधको धन्दामा फर्किएका पूर्व सशस्त्र प्रहरीसहित तीन पक्राउ नेप्से २.६४ अङ्कले उक्लियो, कारोबार ३ अर्ब ४६ करोड पदको दौड होइन, निष्ठाको राजनीति गर्नुस् : चितवनमा रविको आह्वान

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

एनपीएल : सुदूरपश्चिमको १७७ रन, कर्णालीसामु चुनौतीपूर्ण लक्ष्य

खेलकुद By

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो ।

सुदूरपश्चिमका लागि जैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा एक छक्का र चार चौका प्रहार गरे । विनोद भण्डारीले २२ बलमा दुई छक्का र दुई चौकासहित २७ रन जोडे भने ब्रान्डन म्याकमलेनले १६ बलमा एक छक्का र दुई चौकासहित २४ रन बनाए । इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रन र थरिन्दु रत्नायकेले १२ बलमा एक छक्का र तीन चौकासहित अविजित २२ रन बनाए ।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक–एक विकेट हात पारे ।

आजै साँझ ४:३० बजे सोही मैदानमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुँदैछ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *