Saturday, October 31, 2026
Breaking
नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी स्वास्थ्य चौकी उद्घाटनमा झडप, बारामा प्रहरीको गोली लागेर एक घाइते हेलोविनको रात फ्रान्समा प्रदर्शनको आशङ्का, ७० हजार सुरक्षाकर्मी परिचालन काभ्रेमा लेदो बग्दा घर पुरियो, दुई परिवारका १६ जना सुरक्षित स्थानमा बाढी र पहिरोले पृथ्वीसहित १२ भन्दा बढी सडक बन्द, यात्रु अलपत्र दुनै कारागारबाट भागेका आठ कैदीको पहिचान खुल्यो, पाँच जबरजस्ती करणी र तीन चोरी मुद्दाका नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी स्वास्थ्य चौकी उद्घाटनमा झडप, बारामा प्रहरीको गोली लागेर एक घाइते हेलोविनको रात फ्रान्समा प्रदर्शनको आशङ्का, ७० हजार सुरक्षाकर्मी परिचालन काभ्रेमा लेदो बग्दा घर पुरियो, दुई परिवारका १६ जना सुरक्षित स्थानमा बाढी र पहिरोले पृथ्वीसहित १२ भन्दा बढी सडक बन्द, यात्रु अलपत्र दुनै कारागारबाट भागेका आठ कैदीको पहिचान खुल्यो, पाँच जबरजस्ती करणी र तीन चोरी मुद्दाका

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

ओझेलमा परेका गन्तव्य चिनाउन २०० भन्दा बढी कन्टेन्ट क्रिएटर परिचालन गरिने

समाचार By

काठमाडौँ — नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन २०० भन्दा बढी कन्टेन्ट क्रिएटर परिचालन गरिने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा नेपाल पर्यटन बोर्डले यो अभियान सञ्चालन गर्न लागेको हो।

अभियानअन्तर्गत विभिन्न विधामा सक्रिय क्रिएटरहरूलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा लगिनेछ। उनीहरूले त्यहाँको खानपान, भेषभूषा, यात्रा, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति र जीवनशैलीमा आधारित सामग्री तयार गर्नेछन्। ती सामग्रीमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैली अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

मन्त्री पौडेलका अनुसार पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण छ। नयाँ तथा कम चिनिएका गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन क्रिएटरहरूको सहभागिता प्रभावकारी हुने उनको भनाइ छ।

यो अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा मन्त्री पौडेलले जोड दिएका छन्। यसबाट नयाँ प्रतिभाले सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनुका साथै रोजगारी, उद्यमशीलता र व्यावसायिक सम्भावना विस्तार हुने उनको विश्वास छ।

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, फोटो तथा भिडियो सामग्री उत्पादन, डिजिटल कन्टेन्ट बैंक निर्माण र कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ। सोही नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्दै बोर्डले विभिन्न विधाका २०० भन्दा बढी क्रिएटरलाई अभियानमा जोड्न लागेको हो।

क्रिएटरहरूले गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैली र विधाअनुसार फोटो, भिडियो तथा अन्य डिजिटल सामग्री उत्पादन गर्नेछन्। यसरी तयार हुने सामग्रीले स्थापित गन्तव्यको प्रचारसँगै ओझेलमा परेका सम्भावनायुक्त गन्तव्यको पहिचान र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *