Saturday, October 17, 2026
Breaking
ला लिगामा बार्सिलोनाको दबदबा: बेटिसमाथि ५–२ को फराकिलो जित कांग्रेस नेतृत्वमा प्रवासी नेपालीलाई अनिवार्य स्थान दिन पूर्व अध्यक्ष शर्माको आह्वान बेङ्गलुरुमा वर्षा खेलिगयो, भारत–वेस्ट इन्डिज शृङ्खला बराबरीमा; घरेलु अजेय यात्रामा पूर्णविराम इसाकको गोलमा लिभरपुलको शानदार पुनरागमन, ब्रेन्टफर्ड स्तब्ध महँगी र प्रहरीको बल प्रयोगविरुद्ध फ्रान्सभरि विशाल प्रदर्शन, झडपमा १३० भन्दा बढी पक्राउ मधेसमा सत्ताको खेल: एमाले अध्यक्ष ओलीसँग गुण्डुमै भेटे जसपा अध्यक्ष यादव ला लिगामा बार्सिलोनाको दबदबा: बेटिसमाथि ५–२ को फराकिलो जित कांग्रेस नेतृत्वमा प्रवासी नेपालीलाई अनिवार्य स्थान दिन पूर्व अध्यक्ष शर्माको आह्वान बेङ्गलुरुमा वर्षा खेलिगयो, भारत–वेस्ट इन्डिज शृङ्खला बराबरीमा; घरेलु अजेय यात्रामा पूर्णविराम इसाकको गोलमा लिभरपुलको शानदार पुनरागमन, ब्रेन्टफर्ड स्तब्ध महँगी र प्रहरीको बल प्रयोगविरुद्ध फ्रान्सभरि विशाल प्रदर्शन, झडपमा १३० भन्दा बढी पक्राउ मधेसमा सत्ताको खेल: एमाले अध्यक्ष ओलीसँग गुण्डुमै भेटे जसपा अध्यक्ष यादव

News Nepal

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

छलफलका लागि साइबर ब्युरोमा झिकाइए जनआस्था प्रधानसम्पादक किशोर श्रेष्ठ

राजनीति By

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ । आज बिहान ब्युरोको टोली उनलाई लिन नख्खुस्थित निवासमै पुगेको थियो । ब्युरोका उच्च अधिकारीहरूले श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको बताएका छन् ।

श्रेष्ठविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्तले हिजो ब्युरोमा निवेदन दिएका थिए । समाचारको विषयलाई लिएर दुवै पक्षबिच विवाद चलेपछि पन्तले निवेदन दिएका हुन् भने पत्रकार श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमा जाहेरी दिएका छन् । ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई सँगै राखेर छलफल गराउने तयारी भइरहेको छ ।

श्रेष्ठलाई यसअघि गत साउन २७ गते काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । त्यसबेला प्रहरीले उनको निवास र घरमा खानतलासी गर्दै ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो ।

बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतले हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएपछि उनी गत भदौ १ गते हिरासतमुक्त भएका थिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *