Thursday, October 22, 2026
Breaking
यसपटक उपाधिका लागि राइनोजको दाबी: कोचमा तनवीर, कप्तानीमा कुशल मल्ल बाढीपीडितका लागि हानिनोक्सानी कोषको २० मिलियन डलर सहयोग स्वीकृत बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो साउदी अरबमा ड्रोन भग्नावशेषले नेपालीको मृत्यु, सरकारद्वारा शोक व्यक्त थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड तेस्रो एनपीएलका खेलको टिकट मूल्य घोषणा, इसेवामार्फत आजैदेखि खरिद यसपटक उपाधिका लागि राइनोजको दाबी: कोचमा तनवीर, कप्तानीमा कुशल मल्ल बाढीपीडितका लागि हानिनोक्सानी कोषको २० मिलियन डलर सहयोग स्वीकृत बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो साउदी अरबमा ड्रोन भग्नावशेषले नेपालीको मृत्यु, सरकारद्वारा शोक व्यक्त थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड तेस्रो एनपीएलका खेलको टिकट मूल्य घोषणा, इसेवामार्फत आजैदेखि खरिद

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड

समाचार By

भक्तपुरको मध्यपुरथिमिमा बिहीबार प्रसिद्ध कुभिण्डो जात्रा धुमधामका साथ सम्पन्न भएको छ। नेवारी भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखेसँगै सुरु भएको थियो।

जात्राका क्रममा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट ल्याइएको फूलपातीलाई तलेजुस्थित दसैँ घरमा भित्र्याइएको थियो। नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा आज पनि कायमै छ। नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीदेखि पूजिँदै आएको कुभिण्डोलाई विगुल फुकेर, बाजागाजासहित लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी पुर्‍याइएको थियो।

एकादशीका दिन मनाइएको समापन समारोहमा तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार र माला बोक्ने कुटु, विगुल फुक्ने कलाकार, राजदण्ड समाउने नाइके र राजोपाध्यायसमेत सहभागी थिए।

बालकुमारी अगाडि पूजा सम्पन्न भएपछि पमा नाइकेले कुभिण्डो काटेका थिए। काटिएको कुभिण्डोका टुक्रा लैजानेको ठूलो भीड लागेको थियो। कुभिण्डोको टुक्रा घरमा सुखशान्ति हुने र औषधिका रूपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको बताइन्छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *