Thursday, October 22, 2026
Breaking
जर्मनीमा पक्राउ परे रुसी जासुसीको आरोपमा एक युक्रेनी नागरिक यसपटक उपाधिका लागि राइनोजको दाबी: कोचमा तनवीर, कप्तानीमा कुशल मल्ल बाढीपीडितका लागि हानिनोक्सानी कोषको २० मिलियन डलर सहयोग स्वीकृत बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो साउदी अरबमा ड्रोन भग्नावशेषले नेपालीको मृत्यु, सरकारद्वारा शोक व्यक्त थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड जर्मनीमा पक्राउ परे रुसी जासुसीको आरोपमा एक युक्रेनी नागरिक यसपटक उपाधिका लागि राइनोजको दाबी: कोचमा तनवीर, कप्तानीमा कुशल मल्ल बाढीपीडितका लागि हानिनोक्सानी कोषको २० मिलियन डलर सहयोग स्वीकृत बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो साउदी अरबमा ड्रोन भग्नावशेषले नेपालीको मृत्यु, सरकारद्वारा शोक व्यक्त थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो

समाचार By

काठमाडौँ । भोटेकोशीको बाढीले बिस्थापित गरेका टिमुरेवासी अहिले काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको आँगनमा बसिरहेका छन्, तर उनीहरूको मन अझै रसुवाकै चिसो हावा र ढुङ्गा–माटोमा अल्झिएको छ । गत भदौ १० को बिहान उर्लिएको बाढीले केही मिनेटमै उनीहरूको थातथलो र आफन्त बगाएको थियो । सरकारी हेलिकप्टरबाट उद्धार गरी गुम्बामा राखिएका करिब २०० जना पीडितलाई बिस्थापित भएको झन्डै दुई महिना भइसकेको छ ।

सीमापार व्यवसायी संघका अध्यक्ष कामी नुर्पु तामाङले पाँच वर्षको पसिनाले टिमुरेमा उभ्याएको होटल बाढीले सखाप पारेको छ । बाढी आउँदा उनको होटलमा रहेका ११७ कैलाश तीर्थयात्री खाजा खाएर घाट्टेखोला तिर निस्किएका थिए । नाकादेखि टिमुरेसम्मका ९–१० वटा ठूला होटल भरिभराउ थिए, कसैले नाका काट्न पाएनन् ।

बाढीमा ज्यान गुमाएका आफन्तको मोक्षका लागि पीडितहरूले ४९ दिने ‘घेवा’ संस्कार सम्पन्न गरिसकेका छन् । सरकारले दिने भनेको १५ हजार रुपैयाँ कोठाभाडा भने अहिलेसम्म हात परेको छैन ।

‘अब हामीलाई राहत होइन, पुनर्वास चाहिन्छ,’ कामी नुर्पु भन्छन् । पुरानो बाढीजोखिमयुक्त बगरमा फर्किन उनीहरू चाहँदैनन्, तर पैतृक भूमि छाड्न पनि तयार छैनन् । उनीहरूको एउटै माग छ — टिमुरेदेखि आधा घण्टामाथिको सुरक्षित गाउँ खैदीमा एकीकृत बस्ती । विद्यालयका प्रधानाध्यापक फुर्बु दोर्जे घलेका अनुसार त्यहाँ दुई–तीन सयभन्दा बढी परिवार अट्ने जमिन छ र योजनाबद्ध पुनर्वास नै सबैभन्दा दिगो विकल्प हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. घर्मराज उप्रेतीले उच्च जोखिम भएका क्षेत्रमा बस्ती नबसाउने नीतिअनुसार पुनर्वासको गृहकार्य अघि बढेको र जग्गाको लेखाजोखा नापी विभागमार्फत भइरहेको बताए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *