Tuesday, November 3, 2026
Breaking
कृषि स्नातकका तीन विद्यार्थीले नेपालगन्जमा फुलाए फूलखेती राप्तीसोनारीका किसानको धान गाउँमै किन्ने सहकारीको योजना काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा पर्सामा भन्सार छलेर ल्याइएका दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा बेल्ट एन्ड रोड यू–१९ सिरिजमा थाइल्यान्डमाथि नेपालको शानदार जित अपिल बेवास्ता, तस्करी उकालो : भारतमा तीन महिनामै ५० टन सुन भित्रियो कृषि स्नातकका तीन विद्यार्थीले नेपालगन्जमा फुलाए फूलखेती राप्तीसोनारीका किसानको धान गाउँमै किन्ने सहकारीको योजना काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा पर्सामा भन्सार छलेर ल्याइएका दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा बेल्ट एन्ड रोड यू–१९ सिरिजमा थाइल्यान्डमाथि नेपालको शानदार जित अपिल बेवास्ता, तस्करी उकालो : भारतमा तीन महिनामै ५० टन सुन भित्रियो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

नौ वर्षदेखि अलपत्र दुलेगौँडा–हर्कपुर सडक : पुरानो ठेक्का रद्द गरी नयाँ ठेक्का माग

समाचार By

तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा–हर्कपुर मोटरमार्ग निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग गरिएको छ। दुलेगौँडा–हर्कपुर मोटरमार्ग सङ्घर्ष समितिका संयोजक राजन रिमालले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई पत्र लेख्दै सडक निर्माणमा भएको ढिलाइबारे तत्काल छानबिन गरी आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

रिमालका अनुसार उक्त सडकको ट्र्याक विसं २०५२ सालमा खोलिएको थियो भने निर्माणका लागि विसं २०७४ मा ठेक्का सम्झौता भएको थियो। तर ठेक्का लागेको करिब नौ वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन। गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भई ठेक्का प्रक्रिया अघि बढेको आयोजनाको निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दा, कृषक, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणले आवागमनमा समस्या भोग्नुपरेको रिमालले बताए।

सडक निर्माणमा ढिलाइ हुँदा कृषि उपजको ढुवानी, व्यापार व्यवसाय, पर्यटन तथा समग्र क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत असर परेको उनको भनाइ छ। उनले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता र हालसम्मको कार्य प्रगतिको निष्पक्ष छानबिन गर्न माग गर्दै सम्झौताअनुसार काम नभएको पुष्टि भएमा प्रचलित सार्वजनिक खरिद कानुन तथा सम्झौताका सर्तअनुसार ठेक्का अन्त्य गरी बाँकी कामका लागि तत्काल नयाँ ठेक्का आह्वान गर्नुपर्ने उल्लेख गरेका छन्।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ। पहिलो चरणमा दश किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको थियो। शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौँले ठेक्का लिएको थियो। स्थानीय देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले समस्या भोग्दै आएको बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *