Tuesday, November 3, 2026
Breaking
त्रिविमा कार्यकारी परिषद्को निर्णयविपरीत बेतलबी बिदा जोडेर पेन्सन बाँडिँदै अमेरिकी मध्यावधि निर्वाचनमा झण्डै १२ अर्ब डलर खर्च हुने अनुमान ट्रम्पलम्यानको तीन विकेटपछि पोखरा ९७ रनमै सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य यमनमा हवाई हमलामा १७ सर्वसाधारणको ज्यान, बालबालिका धेरै ओलीसहित सबै कम्युनिस्ट समूहलाई एकताको निम्तो — प्रचण्ड भोटेकोशी बाढीले क्षतिग्रस्त १४ जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै अनिश्चित त्रिविमा कार्यकारी परिषद्को निर्णयविपरीत बेतलबी बिदा जोडेर पेन्सन बाँडिँदै अमेरिकी मध्यावधि निर्वाचनमा झण्डै १२ अर्ब डलर खर्च हुने अनुमान ट्रम्पलम्यानको तीन विकेटपछि पोखरा ९७ रनमै सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य यमनमा हवाई हमलामा १७ सर्वसाधारणको ज्यान, बालबालिका धेरै ओलीसहित सबै कम्युनिस्ट समूहलाई एकताको निम्तो — प्रचण्ड भोटेकोशी बाढीले क्षतिग्रस्त १४ जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै अनिश्चित

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

पत्रकार धरपकडमा सरकारको स्पष्टीकरण: प्रधानमन्त्रीलाई जानकारी थिएन, सोधपुछ मात्रै गरिएको दाबी

समाचार By

काठमाडौं — पत्रकारहरूलाई धरपकड गर्ने सरकारको कुनै नीति नरहेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दाबी गरेका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री पोखरेलले पत्रकार पक्राउबारे प्रधानमन्त्रीलाई कुनै जानकारी नभएको बताए। ‘पत्रकारहरू पक्राउ अनुमति लिएर गरेको होइन। पक्राउबारे प्रधानमन्त्रीलाई केही जानकारी थिएन,’ उनले भने। प्रहरीको आन्तरिक सूचना चुहावट भएको विषय संवेदनशील भएकाले प्रहरीले सोधपुछका लागि आफ्नो आन्तरिक काम गरेको उनको भनाइ छ। आवश्यक परे गृह मन्त्रालयले थप कामकारबाही अघि बढाउने उनले बताए।

प्रधानमन्त्री सचिवालयको चासो सम्बोधन गरेको भन्दै प्रहरीले दिएको स्पष्टीकरणबारे भने मन्त्री पोखरेलले प्रस्ट जवाफ दिएनन्। उनले प्रधानमन्त्रीलाई जानकारी आउनेबित्तिकै कुनै पनि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नलैजान र हिरासतमा भए तुरुन्त रिहा गर्न निर्देशन दिएको बताए।

मन्त्री पोखरेलले पत्रकारहरूलाई सोधपुछ मात्र गरिएको र गिरफ्तार नगरिएको दाबी गरे। ‘सोधपुछ मात्र गरेको हो। गिरफ्तार गरेको होइन,’ उनको भनाइ छ।

इनम प्रकरण र अदालतको विषयमा क्याबिनेटमा छलफल भएनभएको भन्ने प्रश्नमा उनले उक्त विषय सरकारको क्षेत्राधिकारबाहिर रहेको बताए। पत्रकार पक्राउ र सञ्चार कक्षमा प्रहरी जानु गैरकानुनी हो कि होइन भन्ने प्रश्नमा पनि उनले प्रस्ट जवाफ दिएनन्। बरु उनले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जिकिर गरे।

केही दिनअघि विश्वमणी सुवेदीसहित तीन जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको थियो भने नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी बुट बजार्दै पुगेका थिए। उक्त घटनाको सर्वत्र आलोचना भएको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *