मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बलियो वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले यस अवधिमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो।
अर्थतन्त्रमा देखिएको चुनौतीपूर्ण अवस्थाका बाबजुद बैंकको कर्जा विस्तार, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेखनीय सुधार आएको छ। बैंकले ग्राहकलाई दिएको कर्जा तथा सापट अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिसनबाट हुने आम्दानी २२ करोड रुपैयाँभन्दा माथि पुगेको छ। सञ्चालन खर्च नियन्त्रणमा राख्नु र कर्जा नोक्सानी व्यवस्थामा उल्लेखनीय सुधार गर्नुले सञ्चालन मुनाफामा ठूलो वृद्धि भएको बैंकले जनाएको छ।
पहिलो त्रैमासको अन्त्यसम्म बैंकको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। कर्जा, आम्दानी र नाफा तीनै मोर्चामा भएको सुधारले बैंकको वित्तीय अवस्था सुदृढ रहेको देखाएको छ।
