Tuesday, November 10, 2026
Breaking
तिहारमा वृद्धाश्रम पुग्यो देउसीभैलो टोली, ज्येष्ठ नागरिक रमाए राप्तीमा नुहाउन गएका छ वर्षीय बालकको मृत्यु पर्यटकीय यामसँगै पोखराको पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल बढ्यो बागलुङको हरिचौर–मल्म सडक : म्याद नाघेको दुई वर्ष, कालोपत्र अझै अधुरो पुराना भिडियोको आलोचनामा सांसद आशिका तामाङको कडा जवाफ: स्वार्थका लागि राजनीतिमा आएकी होइन महिला क्रिकेटमाथिको प्रतिबन्धप्रति स्कटल्यान्डको कडा अडान, अफगानिस्तानसँग द्विपक्षीय शृङ्खला नखेल्ने तिहारमा वृद्धाश्रम पुग्यो देउसीभैलो टोली, ज्येष्ठ नागरिक रमाए राप्तीमा नुहाउन गएका छ वर्षीय बालकको मृत्यु पर्यटकीय यामसँगै पोखराको पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल बढ्यो बागलुङको हरिचौर–मल्म सडक : म्याद नाघेको दुई वर्ष, कालोपत्र अझै अधुरो पुराना भिडियोको आलोचनामा सांसद आशिका तामाङको कडा जवाफ: स्वार्थका लागि राजनीतिमा आएकी होइन महिला क्रिकेटमाथिको प्रतिबन्धप्रति स्कटल्यान्डको कडा अडान, अफगानिस्तानसँग द्विपक्षीय शृङ्खला नखेल्ने

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

पुराना भिडियोको आलोचनामा सांसद आशिका तामाङको कडा जवाफ: स्वार्थका लागि राजनीतिमा आएकी होइन

राजनीति By

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफ्ना पुराना भिडियोहरूलाई लिएर भइरहेको आलोचनाप्रति कडा आपत्ति जनाएकी छन् । पछिल्ला केही दिनयता विगतमा विभिन्न सार्वजनिक गतिविधिमा संलग्न रहेका भिडियोहरू बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आलोचकहरूप्रति आक्रोश पोखेकी हुन् ।

सांसद तामाङले ११ महिनाअघि आफू कुनै दलको कार्यकर्ता नभई एक सचेत नागरिकका हैसियतले समाजका विकृति र विसङ्गतिविरुद्ध खरो रूपमा उभिएको स्मरण गराएकी छन् । त्यतिबेला सामान्य नागरिकदेखि मन्त्रीसम्मले गरेका गलत कामको विरोध गर्दा जनताले भरपूर साथ दिएको तर अहिले जनप्रतिनिधि भएपछि तिनै पुराना भिडियोलाई तोडमोड गरेर आलोचनाको विषय बनाइएको उनको भनाइ छ ।

उनले केही सञ्चारमाध्यम र राजनीतिक वृत्ततर्फ कटाक्ष गर्दै ‘१२ भाइ, २८ भाइ तथा केही बेरोजगार माननीयहरू’ भन्ने टिप्पणी गरेकी छन् । कतिपय सांसदहरू आफ्नो हिसाबकिताब खोज्दै सीएजस्तो बन्न थालेको आरोपसमेत उनले लगाएकी छन् । भिडियोको सानो क्लिप काटेर प्रचार गर्दैमा आफू विचलित नहुने उनको दाबी छ ।

आफू व्यक्तिगत स्वार्थका लागि राजनीतिमा नआएको स्पष्ट पार्दै सांसद तामाङले भनिन्, ‘मैले हिजो पनि भनेकै थिएँ र आज पनि छाती ठोकेर भन्छु– म यहाँ राजनीति गर्न आएकी होइन । न त मलाई राजनीतिको रोटी सेकेर आफ्नो स्वार्थ पूरा गर्नु छ ।’

आलोचकहरूलाई चुनौती दिँदै उनले किस्ता–किस्तामा भिडियो सार्वजनिक गरेर आफूलाई स्पष्टीकरण दिन झन्झट लगाउनुभन्दा विगतमा लाखौँ भ्युज पाएका सबै भिडियोहरू एकैपटक भाइरल बनाइदिन आग्रह गरेकी छन् । पछिल्लो समय सांसद तामाङका विगतका गतिविधि र कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तीव्र बहस भइरहेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *