Thursday, November 5, 2026
Breaking
रुस–युक्रेन युद्धविरामको आफ्नो कूटनीतिक पहल सार्वजनिक गर्न ह्वाइट हाउसमा मेलानिया ट्रम्प पुरानो ढर्रा तोड्दै पूर्वाधार सम्मेलन नयाँ ब्रान्डमा उभ्याउने तयारी : अर्थमन्त्री वाग्ले राष्ट्रिय पहिचानलाई विश्व बजारमा चिनाउने सरकारी योजना : ‘ब्रान्ड नेपाल’ बाली र पशुधन बिमाको अनुदान व्यवस्थापन प्रदेश सरकारलाई हस्तान्तरण अयोध्या जोड्ने विशेष रेलको परीक्षण सम्पन्न, उद्घाटनको तयारी तीव्र पोखराको रत्नमन्दिरसहित ट्रष्टका जग्गा व्यावसायिक प्रयोजनमा दिने प्रस्तावको विरोध रुस–युक्रेन युद्धविरामको आफ्नो कूटनीतिक पहल सार्वजनिक गर्न ह्वाइट हाउसमा मेलानिया ट्रम्प पुरानो ढर्रा तोड्दै पूर्वाधार सम्मेलन नयाँ ब्रान्डमा उभ्याउने तयारी : अर्थमन्त्री वाग्ले राष्ट्रिय पहिचानलाई विश्व बजारमा चिनाउने सरकारी योजना : ‘ब्रान्ड नेपाल’ बाली र पशुधन बिमाको अनुदान व्यवस्थापन प्रदेश सरकारलाई हस्तान्तरण अयोध्या जोड्ने विशेष रेलको परीक्षण सम्पन्न, उद्घाटनको तयारी तीव्र पोखराको रत्नमन्दिरसहित ट्रष्टका जग्गा व्यावसायिक प्रयोजनमा दिने प्रस्तावको विरोध

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

बङ्गलादेश–चीन आर्थिक सहकार्य विस्तारमा समझदारी, मोङ्गलामा हस्ताक्षर

विश्व By

ढाका । बङ्गलादेश र चीनबीच लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बागेरहाट जिल्लाको मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी बङ्गलादेशको लगानी प्रवर्द्धन संस्था इन्भेस्ट बङ्गलादेश र चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच भएको हो । इन्भेस्ट बङ्गलादेशका औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ पक्षबाट चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनका अध्यक्ष ली चोङयाङले समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा इन्भेस्ट बङ्गलादेशका अध्यक्ष अशिक चौधरी र सीआरसीसीका अध्यक्ष दाइ हेगेन पनि उपस्थित थिए ।

समझदारीअनुसार बङ्गलादेशमा पूर्वाधार, यातायात, रसद व्यवस्थापन, उद्योग, ऊर्जा, वातावरण संरक्षण र सीप विकासलगायत क्षेत्रमा लगानीका अवसर विस्तार गरिनेछ । यसले दुई देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउनुका साथै बङ्गलादेशमा चिनियाँ लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हस्ताक्षरपछि प्रधानमन्त्री रहमानले चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल गर्दै बङ्गलादेशमा थप लगानी गर्न चिनियाँ कम्पनीहरूलाई आग्रह गरे । उनले मोङ्गलामा थप औद्योगिक कारखाना स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै बन्दरगाहदेखि देशको उत्तरी क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न विद्युत् र ग्यास आपूर्तिको व्यवस्था मिलाइने बताए । आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिने उनको भनाइ थियो ।

बङ्गलादेशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएका चिनियाँ लगानीकर्ताप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री रहमानले मध्यपूर्वमा चिनियाँ कम्पनीमार्फत बङ्गलादेशी कामदारले रोजगारीका अवसर पाएकोमा पनि धन्यवाद दिए । दुई देशबीचको सहकार्यबाट आर्थिक विकासका साझा लक्ष्य हासिल गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

यसअघि प्रधानमन्त्री रहमान बिहीबार बिहान ९ः५० बजे हेलिकप्टरमार्फत मोङ्गला पुगेका थिए । उनको भ्रमणका क्रममा मोङ्गला बन्दरगाह विस्तार तथा आधुनिकीकरण परियोजनाअन्तर्गत दुईवटा कन्टेनर जेटी तथा सम्बन्धित पूर्वाधार निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *