काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले तोकेको दरअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५१ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १५१ रुपैयाँ ७३ पैसा रहेको छ।
युरोपेली युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा कायम भएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ०९ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
केन्द्रीय बैङ्कले आवश्यक परे यो दर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने दर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।
