Sunday, October 18, 2026
Breaking
दसैँमा मुस्ताङबाट १३ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा निकासी, ३५ करोडको कारोबार आजको खबर समाचार: कोशीका आयोजनादेखि सिन्धुलीको सुमो दुर्घटनासम्म भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जुम्लाका ४९ परिवारले राहत पाए अमेरिकाले आक्रमण गरे अमेरिका र उसका साझेदारले चरम मूल्य चुकाउनुपर्ने इरानी रक्षामन्त्रीको चेतावनी सुनकोशीमा खसेको सुमो दुर्घटना: मृतक तीन र बेपत्ता तीनको पहिचान खुल्यो दसैँमा मुस्ताङबाट १३ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा निकासी, ३५ करोडको कारोबार आजको खबर समाचार: कोशीका आयोजनादेखि सिन्धुलीको सुमो दुर्घटनासम्म भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जुम्लाका ४९ परिवारले राहत पाए अमेरिकाले आक्रमण गरे अमेरिका र उसका साझेदारले चरम मूल्य चुकाउनुपर्ने इरानी रक्षामन्त्रीको चेतावनी सुनकोशीमा खसेको सुमो दुर्घटना: मृतक तीन र बेपत्ता तीनको पहिचान खुल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

भोटेकोशी बाढीमा बेपत्ता भएकाको सूची बनाउँदै परवानीपुर गाउँपालिका

समाचार By

पर्सा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको आधिकारिक विवरण सङ्कलन गर्न मधेस प्रदेशको पर्सास्थित परवानीपुर गाउँपालिकाले प्रक्रिया थालेको छ ।

गाउँपालिकाले सूचना प्रकाशित गर्दै बेपत्ता भएकाहरूका परिवारजनलाई पाँच दिनभित्र आफ्नो सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न आह्वान गरेको हो । निवेदनमा बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेरसहित बाढीमा परेका अन्य व्यक्तिको विवरण, नाता प्रमाणित हुने कागजात तथा बाढीमा बेपत्ता भएको ब्यहोरा खुल्ने स्वघोषणा समावेश गर्नुपर्नेछ । गाउँपालिकाले परिवारजनलाई तोकिएको समयभित्र कागजात पूरा गरी निवेदन दिन अनुरोध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायका अनुसार बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्य नभएको अवस्थामा भने सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्का सहित निवेदन पेश गर्नुपर्नेछ ।

बेपत्ता व्यक्तिको आधिकारिक अभिलेख तयार गरी प्रमाणीकरण गर्ने उद्देश्यले सूचना जारी गरिएको र संकलित विवरणका आधारमा औपचारिक सूची तयार गरिने गाउँपालिकाले जनाएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *