Sunday, October 18, 2026
Breaking
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको परम्परा संविधान र मतदानकै बाटोबाट सरकार बदल्ने प्रकाश राजको आह्वान कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड : कम्तीमा १९ जनाको मृत्यु वेस्ट ब्याङ्कमा फ्रान्सेली मेयरमाथि बस्तीवासीको आक्रमण, रुबियोले देखाए चिन्ता तीन हजारको बिलले दिलायो दश लाख : सन्तमायाको भाग्यले बदलिएको दसैं दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि : कात्तिक १७–१८ मा राष्ट्रिय कार्यक्रम दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको परम्परा संविधान र मतदानकै बाटोबाट सरकार बदल्ने प्रकाश राजको आह्वान कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड : कम्तीमा १९ जनाको मृत्यु वेस्ट ब्याङ्कमा फ्रान्सेली मेयरमाथि बस्तीवासीको आक्रमण, रुबियोले देखाए चिन्ता तीन हजारको बिलले दिलायो दश लाख : सन्तमायाको भाग्यले बदलिएको दसैं दशैंपछि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि : कात्तिक १७–१८ मा राष्ट्रिय कार्यक्रम

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

भोलिसम्म काठमाडौँबाट ११ लाख यात्रु बाहिरिने अनुमान, मुख्य राजमार्गमा जाम

समाचार By

काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट भोलिसम्ममा करिब १० देखि ११ लाख यात्रु बाहिरिने अनुमान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गरेको छ । महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार आज र भोलि यात्रु बाहिरिने मुख्य समय हो ।

यो सङ्ख्या विगतका वर्षहरूको तुलनामा कम हो । यात्रु घट्नुको मुख्य कारण सडकको दुरवस्था र मनोवैज्ञानिक त्रास रहेको सिटौलाको भनाइ छ । बाढीपहिरोका कारण बाटोको अवस्था कस्तो छ र गन्तव्यमा के हुन्छ भन्ने डरले धेरैले यात्रा गर्न चाहेका छैनन् । देशको समग्र अवस्था पनि त्यति राम्रो नभएकाले विगतका वर्षहरूमा जस्तो दसैँको उमङ्ग मानिसहरूमा नदेखिएको उनले बताए ।

महासङ्घका अनुसार लामो दूरीका यात्रुहरू प्रायः गन्तव्यमा पुगिसकेका छन् । आज र भोलि विशेषगरी काठमाडौँ आसपासका काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र रामेछापलगायत छोटो र मध्यम दूरीका यात्रुहरू बाहिरिने क्रम रहेको छ ।

काठमाडौँबाट यात्रु बाहिरिने क्रम बढेसँगै मुख्य सडकहरूमा सवारीसाधनको चाप बढेको छ । बीपी राजमार्ग, कान्ति लोकपथ र नागढुङ्गा–मुग्लिनलगायतका सडकहरू अहिले सहज रूपमा सञ्चालन भइरहेका छन्, तर एकैपटक धेरै सवारी बाहिरिँदा बीपी राजमार्ग र नागढुङ्गा–मुग्लिनलगायत सडकखण्डमा लामो जाम हुने गरेको छ ।

यसैबीच देशका केही सडकखण्ड विपद्का कारण अझै पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन् । नेपाल प्रहरीले आज बिहान ८ बजेसम्म अद्यावधिक गरेको जानकारीअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही सडकखण्ड प्रभावित छन् ।

अर्घाखाँचीमा आज बिहान २ बजे गएको पहिरोका कारण सन्धिखर्क नगरपालिका–३ स्थित गोरुसिङ्गे–सन्धिखर्क सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गोरखामा बाढीका कारण आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत नयाँपुलको सोतीस्थित फलामे पुल र गोरखा–आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा छ ।

प्रतिकूल अवस्था र बाटोको समस्याका बाबजुद पनि यातायात व्यवसायीहरूले यात्रुलाई व्यवस्थित रूपमा गन्तव्यसम्म पठाउने काम गरिरहेको महासङ्घले जनाएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *