Friday, October 23, 2026
Breaking
हिउँ पन्छाएपछि थोरङला पासमा चहलपहल: १५ दिनमै ७७२ पर्यटक मुस्ताङ प्रवेश दिल्ली समिटमा वाग्ले–जयशंकर संवाद: विपद् र स्वच्छ ऊर्जामा सहकार्यको बहस साताको अन्त्यतिर वर्षा र हिमपात, तापक्रम झर्ने : मौसम विभागको पूर्वानुमान सन्तानको पीडाबाट उठेको आशा : हेटौँडामा २५ बालबालिकाको भविष्य बनाउँदै ‘सञ्जीवनी’ भाकल पूरा गर्न तीनदिने भारत यात्रा : कैंचीधाम र कामाख्यामा पूजाका लागि निस्किए रवि लामिछाने दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने हिउँ पन्छाएपछि थोरङला पासमा चहलपहल: १५ दिनमै ७७२ पर्यटक मुस्ताङ प्रवेश दिल्ली समिटमा वाग्ले–जयशंकर संवाद: विपद् र स्वच्छ ऊर्जामा सहकार्यको बहस साताको अन्त्यतिर वर्षा र हिमपात, तापक्रम झर्ने : मौसम विभागको पूर्वानुमान सन्तानको पीडाबाट उठेको आशा : हेटौँडामा २५ बालबालिकाको भविष्य बनाउँदै ‘सञ्जीवनी’ भाकल पूरा गर्न तीनदिने भारत यात्रा : कैंचीधाम र कामाख्यामा पूजाका लागि निस्किए रवि लामिछाने दाङमा कृत्रिम ड्यामले बदल्यो सुक्खा बस्ती, दुईसय बिघामा सिंचाइ पुग्ने

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

विजयादशमीको भोलिपल्ट: मान्यजनकहाँ टीका–जमरा र आशीर्वाद थाप्न ओइरो

समाचार By

काठमाडौं — बडादसैँको उल्लास विजयादशमीसँगै सकिएको छैन। टीकाको दोस्रो दिन बिहीबार पनि गाउँ–सहरका घरघरमा नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने क्रम जारी रह्यो। विजयादशमीका दिन आफ्नै परिवारभित्र टीका–जमरा लगाएकाहरू आज टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद थाप्न व्यस्त देखिए।

वर्षमा एकपटक मात्र आउने यो अवसरमा टाढा रहेका मान्यजनकहाँ गई आशीर्वाद लिने चलन धेरैजसो नेपाली घरपरिवारमा कायम छ। कोही आजै आफन्तकहाँ पुगेका छन् भने कोही आगामी दिनमा जाने तयारीमा छन्।

नेपालका कतिपय ठाउँमा विजयादशमीका दिन मात्र टीका लगाउने परम्परा रहे पनि अधिकांश ठाउँमा टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म नै चल्ने गर्दछ। टीका नवदुर्गा भवानीको प्रसाद भएकाले पूर्णिमासम्म टीका–जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *