Wednesday, November 4, 2026
Breaking
प्रेस स्वतन्त्रता र जवाफदेहितामा सरकार अघि बढोस् : कांग्रेसको आग्रह न्यू ह्याम्पसायर राज्यसभामा नेपाली मूलका विश्वबहादुर शाह निर्वाचित बैतडीको मेलौलीमा जिप सडकबाट खस्दा एक महिलाको ज्यान गयो, छ घाइते विधिको शासन र पारदर्शितामा सरकार अघि बढोस् : कांग्रेस ललितपुरमा बालबालिकाका लागि निःशुल्क पुस्तकालय, कथा सुन्ने र किताब घर लैजाने सुविधा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी प्रेस स्वतन्त्रता र जवाफदेहितामा सरकार अघि बढोस् : कांग्रेसको आग्रह न्यू ह्याम्पसायर राज्यसभामा नेपाली मूलका विश्वबहादुर शाह निर्वाचित बैतडीको मेलौलीमा जिप सडकबाट खस्दा एक महिलाको ज्यान गयो, छ घाइते विधिको शासन र पारदर्शितामा सरकार अघि बढोस् : कांग्रेस ललितपुरमा बालबालिकाका लागि निःशुल्क पुस्तकालय, कथा सुन्ने र किताब घर लैजाने सुविधा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

विदेशी लगानी भित्र्याउन नेपाललाई आकर्षक गन्तव्यका रूपमा चिनाउनुपर्नेमा मन्त्री खनालको जोड

अर्थतन्त्र By

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई उदीयमान अर्थतन्त्रका रूपमा चिनाउँदै विदेशी लगानीका लागि आकर्षक गन्तव्य बनाउनुपर्ने बताएका छन्।

बुधबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको नेपाल–अमेरिका लगानी तथा व्यापार प्रवर्द्धन र निजी क्षेत्रबिच भ्रमण आदानप्रदानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले सरकारको मुख्य प्राथमिकता सुशासन र आर्थिक समृद्धि रहेको बताए। उनले निर्यात व्यापार बढाउन र विदेशी पर्यटक भित्र्याउन सबै पक्षको एकीकृत प्रयास आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्स इन नेपालले ‘नेपालः सम्भावनाको देश, संयुक्त राज्य अमेरिका: समृद्धिका लागि साझेदार’ विषयमा प्रस्तुति दिएको थियो। त्यस्तै नेपाल–अमेरिका उद्योग वाणिज्य सङ्घले नेपाल–अमेरिका व्यापार र लगानीका सम्भावना, मुद्दा तथा चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घ, अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्षहरू सहभागी थिए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका अध्यक्ष र विभिन्न स्टार्टअप कम्पनीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *