Tuesday, November 3, 2026
Breaking
त्रिविमा कार्यकारी परिषद्को निर्णयविपरीत बेतलबी बिदा जोडेर पेन्सन बाँडिँदै अमेरिकी मध्यावधि निर्वाचनमा झण्डै १२ अर्ब डलर खर्च हुने अनुमान ट्रम्पलम्यानको तीन विकेटपछि पोखरा ९७ रनमै सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य यमनमा हवाई हमलामा १७ सर्वसाधारणको ज्यान, बालबालिका धेरै ओलीसहित सबै कम्युनिस्ट समूहलाई एकताको निम्तो — प्रचण्ड भोटेकोशी बाढीले क्षतिग्रस्त १४ जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै अनिश्चित त्रिविमा कार्यकारी परिषद्को निर्णयविपरीत बेतलबी बिदा जोडेर पेन्सन बाँडिँदै अमेरिकी मध्यावधि निर्वाचनमा झण्डै १२ अर्ब डलर खर्च हुने अनुमान ट्रम्पलम्यानको तीन विकेटपछि पोखरा ९७ रनमै सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य यमनमा हवाई हमलामा १७ सर्वसाधारणको ज्यान, बालबालिका धेरै ओलीसहित सबै कम्युनिस्ट समूहलाई एकताको निम्तो — प्रचण्ड भोटेकोशी बाढीले क्षतिग्रस्त १४ जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै अनिश्चित

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

सरकारको स्वीकृतिपछि नेपाल रिको शतप्रतिशत हकप्रद सेयर निष्कासन अघि बढ्ने

अर्थतन्त्र By

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो ।

नेपाल रिले यसअघि पनि पूँजी वृद्धिको प्रस्ताव गर्दै अर्थ मन्त्रालय पुगेको थियो । सरकारले थप पूँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया रोकिएको थियो । मंगलबार नेपाल रिमा लगानी थप गर्ने निर्णयसँगै यसअघि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ ।

नेपाल रिले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय २०८२ साउनमा गरेको थियो । कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्थापनको सुझाव समेत ध्यानमा राखेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । सोही रकम बराबर हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४.४ प्रतिशत लगानी छ । सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत सेयर स्वामित्व छ । बाँकी लगानी २० बीमा कम्पनीसँगै ग्लोबल आईएमई क्यापिटल, गुह्येश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेस्टमेन्ट, ग्लोबल आईएमई बैंक, सुप्रिम सिमेन्ट्स, आईएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंकको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *