Tuesday, November 3, 2026
Breaking
भोटेकोशी बाढीले क्षतिग्रस्त १४ जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै अनिश्चित समावेशिता नै राष्ट्रिय एकताको आधार हो, प्रदेश प्रमुख खापुङको भनाइ दक्षिण कोरियाका राष्ट्रपतिसहित १६० जनाको पासपोर्ट विवरण इन्टरनेटमा सार्वजनिक सिंहदरबार वैद्यखानाको आधुनिकीकरणमा दुई मन्त्रालयबीच सहमति काठमाडौँमा प्रवासी नेपालीको भेला: ३८ देशका प्रतिनिधि सहभागी हुने न्याय ढिलो हुँदा नागरिक अदालत जान डराउँछन् : सांसद केरुङ भोटेकोशी बाढीले क्षतिग्रस्त १४ जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै अनिश्चित समावेशिता नै राष्ट्रिय एकताको आधार हो, प्रदेश प्रमुख खापुङको भनाइ दक्षिण कोरियाका राष्ट्रपतिसहित १६० जनाको पासपोर्ट विवरण इन्टरनेटमा सार्वजनिक सिंहदरबार वैद्यखानाको आधुनिकीकरणमा दुई मन्त्रालयबीच सहमति काठमाडौँमा प्रवासी नेपालीको भेला: ३८ देशका प्रतिनिधि सहभागी हुने न्याय ढिलो हुँदा नागरिक अदालत जान डराउँछन् : सांसद केरुङ

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

पूर्वाधारमा जीडीपीको ८–१२ प्रतिशत लगानी आवश्यक, अहिले ४–५ प्रतिशत मात्र खर्च भइरहेको छ

अर्थतन्त्र By

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विकास र लगानीलाई एउटै ठाउँमा थुपार्ने पुरानो बानीले मुलुकलाई आर्थिक र भौतिक दुवै हिसाबले जोखिममा पारेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब लगानी र विकासका कार्यक्रम देशभर फैलाउनुपर्नेमा जोड दिए ।

योजना आयोगले आगामी २५ वर्षका लागि 'नेपाल विकास दृष्टिकोण' तयार गर्ने गृहकार्य गरिरहेको जानकारी उनले दिए । विगतमा ७–८ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको स्मरण गर्दै उनले उच्च वृद्धिका लागि निजी क्षेत्र, प्राज्ञिक वर्ग र सरकारबीच निरन्तर संवाद आवश्यक रहेको बताए ।

लगानी एउटै ठाउँमा केन्द्रित हुँदा हालैको बाढीपहिरोले जलविद्युत् क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएको उनको भनाइ थियो । एउटै खोलामा १३–१४ वटासम्म हाइड्रोपावर बनेको अवस्थामा विपद् आउँदा सबै आयोजना एकसाथ बग्ने देखिएको उनले बताए । कुनै पनि आयोजनामा लगानी गर्दा वातावरणीय जोखिम, सामाजिक प्रतिफल र आर्थिक प्रतिफल अनिवार्य रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले पूर्वाधारमा कुल गार्हस्थ उत्पादनको ८ देखि १२ प्रतिशत लगानी हुनुपर्नेमा अहिले ४ देखि ५ प्रतिशतमात्र खर्च भइरहेको बताए । विगत ५१ वर्षको तथ्यांकअनुसार नेपालको औसत वृद्धिदर ४.२७ प्रतिशतमात्र रहेको र एक वर्षमात्र दोहोरो अंकको वृद्धि देखिएको उनले जानकारी दिए । देशका ४५ सार्वजनिक संस्थानमध्ये १६ वटा घाटामा रहेको उनले बताए ।

बन्द उद्योग फेरि चलाउनुअघि पुनर्संरचना अनिवार्य रहेको कार्यक्रमका सहभागीहरूको भनाइ थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *