Tuesday, November 3, 2026
Breaking
कृषि स्नातकका तीन विद्यार्थीले नेपालगन्जमा फुलाए फूलखेती राप्तीसोनारीका किसानको धान गाउँमै किन्ने सहकारीको योजना काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा पर्सामा भन्सार छलेर ल्याइएका दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा बेल्ट एन्ड रोड यू–१९ सिरिजमा थाइल्यान्डमाथि नेपालको शानदार जित अपिल बेवास्ता, तस्करी उकालो : भारतमा तीन महिनामै ५० टन सुन भित्रियो कृषि स्नातकका तीन विद्यार्थीले नेपालगन्जमा फुलाए फूलखेती राप्तीसोनारीका किसानको धान गाउँमै किन्ने सहकारीको योजना काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा पर्सामा भन्सार छलेर ल्याइएका दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा बेल्ट एन्ड रोड यू–१९ सिरिजमा थाइल्यान्डमाथि नेपालको शानदार जित अपिल बेवास्ता, तस्करी उकालो : भारतमा तीन महिनामै ५० टन सुन भित्रियो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

स्वास्थ्य बीमा लिन पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य, १६ वर्षमाथिका सबैलाई लागू

समाचार By

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा सेवा लिने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ ।

स्वास्थ्य बीमा बोर्ड, बबरमहलले बोर्डको असोज १२ को निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो । नेपाल सरकार, गृह मन्त्रालयले २०८१ असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २०८२ साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको थियो ।

बोर्डले उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि १६ वर्ष उमेर पूरा गरेका नागरिकले नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने जनाएको छ । तर, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अति अशक्त अपाङ्गता भएका नागरिकका हकमा भने यो व्यवस्था लागू हुने छैन ।

बोर्डले सम्पूर्ण बीमित परिवारलाई स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टलमार्फत नयाँ आबद्धता, नवीकरण तथा पुरानो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । यसअघि आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नगराएका बीमितले समेत स्वास्थ्य संस्थाबाट राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । त्यसैले पुस १ गतेदेखि स्वास्थ्य बीमा सेवा लिन जाँदा सम्बन्धित बीमितले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।

उक्त व्यवस्थाबारे सबै स्थानीय तहका स्वास्थ्य बीमा संयोजन समितिलाई जानकारी गराई बीमित परिवारको विवरण अद्यावधिक गर्न तथा स्वास्थ्य सेवा लिन जाँदा राष्ट्रिय परिचयपत्र नम्बर साथमा लैजान सर्वसाधारणलाई सूचित गर्न बोर्डले स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *