Friday, November 6, 2026
Breaking
२५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास इरानविरुद्ध थप सैन्य कारबाहीबारे ट्रम्पले सुरक्षा टोलीसँग छलफल गरे राजनीतिक घटनाक्रममा नेकपा मौन, केन्द्रीय बैठकको तयारी फ्रान्समा महँगीविरुद्ध बिहीबार ठूलो प्रदर्शन, ५ लाख ७५ हजार सडकमा सुक्खा मौसमसँगै काठमाडौंको हावा बिग्रियो, आज पनि अस्वस्थकर सत्तारुढ दलभित्रको असमझदारीप्रति डा. भट्टराईको चेतावनी २५ वर्षदेखि लुकाएको स्वास्थ्य समस्या निको भएपछि प्रमिलाको जीवनमा फर्कियो आत्मविश्वास इरानविरुद्ध थप सैन्य कारबाहीबारे ट्रम्पले सुरक्षा टोलीसँग छलफल गरे राजनीतिक घटनाक्रममा नेकपा मौन, केन्द्रीय बैठकको तयारी फ्रान्समा महँगीविरुद्ध बिहीबार ठूलो प्रदर्शन, ५ लाख ७५ हजार सडकमा सुक्खा मौसमसँगै काठमाडौंको हावा बिग्रियो, आज पनि अस्वस्थकर सत्तारुढ दलभित्रको असमझदारीप्रति डा. भट्टराईको चेतावनी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

फिदिममा पूर्वाधार विकास डिभिजन सञ्चालनमा, तीन जिल्लामा सडक र पुलको काम हेर्ने

समाचार By

पाँचथरको सदरमुकाम फिदिममा पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको उक्त कार्यालयको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले संयुक्त रूपमा उद्घाटन गरे।

डिभिजनको कार्यक्षेत्र पाँचथर, तेह्रथुम र ताप्लेजुङ गरी तीन जिल्ला तोकिएको छ। कार्यालयमा ११ जनाको दरबन्दी रहेको डिभिजन प्रमुख रामआशिष शाहले जानकारी दिए। मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभाग मातहतमा यो कार्यालय स्थापना गरिएको हो।

नयाँ कार्यालयले पर्यटकीय सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालयसम्म पुग्ने सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणलगायतका काम गर्नेछ। देशभर सात प्रदेशमा रहेका पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत २१ वटा डिभिजन खोलिने क्रममा कोशी प्रदेशमा पाँचथर पहिलो भएको शाहले बताए।

कोशी प्रदेशमा पाँचथर डिभिजनले तेह्रथुम र ताप्लेजुङ हेर्नेछ भने इलाम डिभिजनले इलाम र झापा, धनकुटा डिभिजनले धनकुटा, भोजपुर र सङ्खुवासभा, ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु हेर्नेछन्। इटहरी सुपरिवेक्षण कार्यालयले भने मोरङ, सुनसरी र उदयपुरमा प्रत्यक्ष काम गर्नेछ।

प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय तहले समाधान गर्न नसकेका ग्रामीण सडक र पुलका समस्या यो कार्यालयबाट सम्बोधन हुने विश्वास व्यक्त गरे। विपद्का कारण अलपत्र परेका सडक र पुलको पुनर्निर्माणमार्फत जनजीवन सहज बनाउन डिभिजन सहयोगी हुने उनको भनाइ छ। उनले पूर्वाधार, रोजगारी र उत्पादनमार्फत गरिबी निवारणमा मद्दत पुग्ने योजना अघि बढाउन पनि कार्यालयलाई आग्रह गरे।

नगर प्रमुख काफ्लेले सङ्घीय सरकारका विकाससम्बन्धी प्रायः सबै काम हेर्ने मन्त्रालयको कार्यालय जिल्लामा आउनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताए। सङ्घीय कार्यालय स्थापना हुँदा स्थानीय तहलाई काम गर्न सघाउ पुग्ने उनको भनाइ छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *