नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। चाँदीको १० ग्रामको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।
पछिल्ला दिनमा सुनको मूल्यमा देखिएको तीव्र उतारचढावले बजारमा चासो बढाएको छ। मूल्यमा भएको यो एकैदिनको ठूलो वृद्धिले खरिदकर्ता र व्यवसायी दुवैको ध्यान तानेको छ।
