Friday, November 6, 2026
Breaking
सोलमा राईको भनाइ : नेपालको भूगोल राष्ट्रहरूलाई जोड्ने माध्यम बन्नुपर्छ हिरासतमा रहेका सापकोटाको अडियो बाहिरिएपछि काठमाडौं प्रहरी प्रमुखमाथि प्रश्न यु–१९ एसिया कप : भारतसामु नेपालको ब्याटिङ धराशायी, १२८ रनमै इनिङ्स सकियो एनपीएल : सुदूरपश्चिमको १७७ रन, कर्णालीसामु चुनौतीपूर्ण लक्ष्य जापान टोब्याकोका सहायक कम्पनी कब्जा गरेपछि रुससँग जापानको सम्पत्ति फिर्ताको माग राष्ट्रसंघीय एआई विज्ञ निक एस्टन–हार्ट काठमाडौंमा, शनिबार एआई शिखर सम्मेलनमा मुख्य वक्ता सोलमा राईको भनाइ : नेपालको भूगोल राष्ट्रहरूलाई जोड्ने माध्यम बन्नुपर्छ हिरासतमा रहेका सापकोटाको अडियो बाहिरिएपछि काठमाडौं प्रहरी प्रमुखमाथि प्रश्न यु–१९ एसिया कप : भारतसामु नेपालको ब्याटिङ धराशायी, १२८ रनमै इनिङ्स सकियो एनपीएल : सुदूरपश्चिमको १७७ रन, कर्णालीसामु चुनौतीपूर्ण लक्ष्य जापान टोब्याकोका सहायक कम्पनी कब्जा गरेपछि रुससँग जापानको सम्पत्ति फिर्ताको माग राष्ट्रसंघीय एआई विज्ञ निक एस्टन–हार्ट काठमाडौंमा, शनिबार एआई शिखर सम्मेलनमा मुख्य वक्ता

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

भिमानमा ट्रक र स्कुटर जुध्दा आगलागी, दुई जना घाइते

समाचार By

सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने ट्रकमा रहेको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ।

काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’ को सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२-ख १२३६ नम्बरको ट्रक र स्कुटर आपसमा ठोक्किएपछि ट्रकमा आगो लागेको हो।

दुर्घटनामा परी स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार घाइते बख्रेलको स्वास्थ्य अवस्था सामान्य छ र उनको सोही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अर्की घाइते अधिकारीलाई भने थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

यसैबीच, सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ उनले सम्बन्धित निकायसँग यथार्थ जानकारी लिएका थिए। उनले घटनाको आवश्यक छानबिन गरी प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखलाई सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनका विषयमा प्रत्यक्ष जानकारी लिएका थिए। उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन, घाइतेको उचित उपचार तथा कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *