Friday, November 6, 2026
Breaking
उत्तरढोकामा ग्लोबल आइएमईको १२ तले कर्पोरेट भवन बन्ने, भूमिपूजा सम्पन्न इटलीसँगको भिडन्तबाट नेपालको विश्वकप छनोट प्लेअफ यात्रा सुरु, तालिका सार्वजनिक सरकारलाई कांग्रेस महामन्त्रीको कडा चेतावनी : षड्यन्त्र बन्द गर्नुहोस्, कांग्रेस डराउँदैन जेलबाट निस्किएलगत्तै लागुऔषधको धन्दामा फर्किएका पूर्व सशस्त्र प्रहरीसहित तीन पक्राउ नेप्से २.६४ अङ्कले उक्लियो, कारोबार ३ अर्ब ४६ करोड पदको दौड होइन, निष्ठाको राजनीति गर्नुस् : चितवनमा रविको आह्वान उत्तरढोकामा ग्लोबल आइएमईको १२ तले कर्पोरेट भवन बन्ने, भूमिपूजा सम्पन्न इटलीसँगको भिडन्तबाट नेपालको विश्वकप छनोट प्लेअफ यात्रा सुरु, तालिका सार्वजनिक सरकारलाई कांग्रेस महामन्त्रीको कडा चेतावनी : षड्यन्त्र बन्द गर्नुहोस्, कांग्रेस डराउँदैन जेलबाट निस्किएलगत्तै लागुऔषधको धन्दामा फर्किएका पूर्व सशस्त्र प्रहरीसहित तीन पक्राउ नेप्से २.६४ अङ्कले उक्लियो, कारोबार ३ अर्ब ४६ करोड पदको दौड होइन, निष्ठाको राजनीति गर्नुस् : चितवनमा रविको आह्वान

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

सोलमा राईको भनाइ : नेपालको भूगोल राष्ट्रहरूलाई जोड्ने माध्यम बन्नुपर्छ

विश्व By

सोल । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिएका छन्। दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘हामी विभिन्न देश, संस्कृति र राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। तर हामी सबैको साझा आशा एउटै छ — हाम्रा जनताका लागि शान्तिपूर्ण जीवन र उज्ज्वल भविष्य,’ राईले भने।

नेपालको परराष्ट्र नीति सरल सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने मान्यतामा नेपाल अडिग रहेको बताए। हरेक राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्ने नेपालको नीति रहेको उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय समस्याहरू द्वन्द्वबाट नभइ संवादका माध्यमबाट समाधान हुनुपर्नेमा समेत उनले जोड दिए। ‘नेपाल भारत र चीनको बिचमा अवस्थित छ। हामी दुवैसँगको मैत्रीपूर्ण सम्बन्धलाई महत्त्व दिन्छौँ र उनीहरूलाई नेपालको विकासका महत्त्वपूर्ण साझेदारका रूपमा लिन्छौँ। हाम्रो विश्वास छ, हाम्रो भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गरेर होइन, जोड्ने माध्यम बन्नुपर्छ,’ राईले भने।

भोटेकोशी क्षेत्र तथा नेपालका अन्य भागहरूमा हालै भएका विनाशकारी बाढीले ठूलो पीडा र क्षति पुर्‍याएको उल्लेख गर्दै उनले धेरै परिवारले घर, जीविकोपार्जनका साधन र सुरक्षाको अनुभूति गुमाएको बताए।

नेपालले विश्वव्यापी उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर जोखिमहरू सामना गरिरहेको उनले बताए। जलवायु परिवर्तन कुनै एक देशको समस्या नभई सबैको साझा जिम्मेवारी भएकाले सहानुभूति मात्र होइन, व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *