Friday, November 6, 2026
Breaking
निर्मला शर्मासहितको महासङ्घ टोलीले राष्ट्रपतिलाई भेटेर अध्यादेशबारे ध्यानाकर्षण गरायो भोटेकोशी बाढीपीडितका लागि बजेटको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता म्यान्मा सीमामा तस्कर समूहसँगको झडपपछि बङ्गलादेशी सेनाद्वारा ५७ जनाको उद्धार ओभल अफिसमा दीप बाल्दै दीपावली मनाउने भए राष्ट्रपति ट्रम्प ‘पूर्णबहादुरको सारङ्गी’ जोडी फेरि सँगै : ‘सिन्दुरे जात्रा’को पहिलो झलक सार्वजनिक न्यायपालिका सुधारको खाका : प्रस्तावित न्यायाधीश बागचन्दको ‘भिजन २०३५’ मा के छ? निर्मला शर्मासहितको महासङ्घ टोलीले राष्ट्रपतिलाई भेटेर अध्यादेशबारे ध्यानाकर्षण गरायो भोटेकोशी बाढीपीडितका लागि बजेटको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता म्यान्मा सीमामा तस्कर समूहसँगको झडपपछि बङ्गलादेशी सेनाद्वारा ५७ जनाको उद्धार ओभल अफिसमा दीप बाल्दै दीपावली मनाउने भए राष्ट्रपति ट्रम्प ‘पूर्णबहादुरको सारङ्गी’ जोडी फेरि सँगै : ‘सिन्दुरे जात्रा’को पहिलो झलक सार्वजनिक न्यायपालिका सुधारको खाका : प्रस्तावित न्यायाधीश बागचन्दको ‘भिजन २०३५’ मा के छ?

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

ईनम प्रकरण : अनुसन्धानपछि सबै तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ

समाचार By

काठमाडौँ प्रहरीको हिरासतमा रहेका ईनम सापकोटाबारे अनुसन्धान जारी रहेको र अनुसन्धान सकिएपछि देखिएका सबै विषय सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले अनुसन्धानबारे अहिले आफ्नो युनिटले कुनै धारणा सार्वजनिक नगरेको जानकारी दिए ।

ईनमको सम्पर्क सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकृतहरूसँग देखिएको छ । उनले प्रहरी अधिकृतहरूसँग सोधपुछका क्रममा बोलेको अडियो समेतका सामग्री बाहिरिएका छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनमबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । ‘त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

अडियो कसरी र के आयो भन्ने विषय पनि अनुसन्धानकै पाटो भएको उनले बताए । ‘अनुसन्धान सकिएपछि हामी देखिएका विषय सार्वजनिक गर्छौं,’ घिमिरेले भने ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *