Friday, November 6, 2026
Breaking
यू–१९ एसिया कपमा नेपालको निराशाजनक सुरुआत : भारतसँग १० विकेटको हार रास्वपा सभापति लामिछानेको आत्मआलोचना : सफलताले मात्तियौँ, अब भुइँमा टेक्नुपर्छ तिहारमा काभ्रेका सडकमा टिपर नचल्ने, कात्तिक २२ देखि २६ सम्म रोक वडाध्यक्ष बन्ने इच्छा कम देखिएपछि रविको व्यंग्य : आफैं राजीनामा दिएर चुनाव लड्न आउँला उत्तरढोकामा ग्लोबल आइएमईको १२ तले कर्पोरेट भवन बन्ने, भूमिपूजा सम्पन्न इटलीसँगको भिडन्तबाट नेपालको विश्वकप छनोट प्लेअफ यात्रा सुरु, तालिका सार्वजनिक यू–१९ एसिया कपमा नेपालको निराशाजनक सुरुआत : भारतसँग १० विकेटको हार रास्वपा सभापति लामिछानेको आत्मआलोचना : सफलताले मात्तियौँ, अब भुइँमा टेक्नुपर्छ तिहारमा काभ्रेका सडकमा टिपर नचल्ने, कात्तिक २२ देखि २६ सम्म रोक वडाध्यक्ष बन्ने इच्छा कम देखिएपछि रविको व्यंग्य : आफैं राजीनामा दिएर चुनाव लड्न आउँला उत्तरढोकामा ग्लोबल आइएमईको १२ तले कर्पोरेट भवन बन्ने, भूमिपूजा सम्पन्न इटलीसँगको भिडन्तबाट नेपालको विश्वकप छनोट प्लेअफ यात्रा सुरु, तालिका सार्वजनिक

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

लिखुमा भत्ता हिनामिनाको आरोप : पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

समाचार By

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखु गाउँपालिका वडा नं. ९, पोकलीमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा भत्ता वितरणका क्रममा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला वि.क. र वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको मिलेमतोमा भत्ता वितरणमा अनियमितता भएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा वडा अध्यक्ष तामाङले आफ्नो दायाँ हातको बुढी औँलाको छाप ३६० पटक प्रयोग गरी दुई आर्थिक वर्षका ६ वटै चौमासिकमा जम्मा २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ। त्यसैगरी, भत्ता वितरण नामावलीमा लाभग्राहीहरूको दोहोरो नाम समावेश गर्ने, मृत्यु भइसकेका व्यक्तिको लगत कट्टा नगर्ने तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको विवरण अद्यावधिक नगरी भत्ता वितरण गरेको देखाइएको आयोगको आरोप छ।

यसरी गलत विवरणसहितको अभिलेख तयार गरी पेस्की फर्छ्यौट गराउँदा थप दुई लाख ५२ हजार रुपैयाँसमेत गरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ। आयोगले प्रतिवादीहरूबाट बिगो कायम गरी सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको छ। ओमबहादुर दर्जीबाट ९ लाख ५३ हजार ६००, अभयकुमार गुप्ताबाट ११ लाख ६७ हजार २००, खिला वि.क.बाट ३१ लाख ६७ हजार २००, दिनानाथ चौधरीबाट ७ लाख ९४ हजार ४०० र शुकविर तामाङबाट ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो माग गरिएको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको तथा गाउँपालिकालाई आर्थिक हानि पुर्‍याएको आरोपमा आयोगले पाँचै जनालाई कानुनबमोजिम सजाय हुन माग गरेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *