Friday, November 6, 2026
Breaking
तिहार सुरु: आज बेलुकी यमदीपदान, काग तिहार शनिबार तिहारका लागि लुम्बिनीमा २७९ टन फूल, साढे सात करोडको कारोबारको अनुमान फेवा किनारका सरकारी जग्गा ३० वर्ष लिजमा दिने ट्रष्टको योजनामा पोखरामा विरोध सञ्चारमन्त्री तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सम्मेलनमा भाग लिन दोहा जाँदै सरकारले आधा दर्जन ठूला जलविद्युत् र सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने जीवन बीमाको प्रतिफल बैंकको मुद्दतीभन्दा माथि, नेपाल लाइफको बोनस दर ५.६ प्रतिशतसम्म तिहार सुरु: आज बेलुकी यमदीपदान, काग तिहार शनिबार तिहारका लागि लुम्बिनीमा २७९ टन फूल, साढे सात करोडको कारोबारको अनुमान फेवा किनारका सरकारी जग्गा ३० वर्ष लिजमा दिने ट्रष्टको योजनामा पोखरामा विरोध सञ्चारमन्त्री तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सम्मेलनमा भाग लिन दोहा जाँदै सरकारले आधा दर्जन ठूला जलविद्युत् र सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने जीवन बीमाको प्रतिफल बैंकको मुद्दतीभन्दा माथि, नेपाल लाइफको बोनस दर ५.६ प्रतिशतसम्म

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

मिलरको ९४ रन पनि व्यर्थ, कर्णालीमाथि सुदूरपश्चिमको ३९ रनको जित

खेलकुद By

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३७ रनमा समेटियो।

कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९४ रन बनाए। ५५ बलको सामना गरेका उनले पाँच चौका र सात छक्का प्रहार गरे। दीपक डुम्रेले १२ बलमा १८ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए भने हेमन्त धामी, अनिल खरेल, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक विकेट हात पारे।

यसअघि टस जितेर पहिला फिल्ड रोजेको कर्णालीविरुद्ध ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै छ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो। ओपनर शैफ जेभले सर्वाधिक ३५ रन जोडे भने विनोद भण्डारीले २२ बलमा २७ रन बनाए। ब्रान्डन म्याकमलेनले २४ र इशान पाण्डेले २३ रन जोडे। थरिन्दु रत्नायके २२ र स्कट कुगेलाइन १३ रनमा अविजित रहे।

कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *