Monday, November 9, 2026
Breaking
दिवालीको राति भारतभर आगलागी : २३ जनाको मृत्यु, कैयौँ घाइते मनसुन विपद्को डेढ महिनापछि अन्नपूर्णका सबै बस्तीमा सडक पुनः सञ्चालन फ्रान्समा लागूऔषध गिरोहको जालमा बालबालिका : प्रलोभनदेखि हत्यासम्मको बाटो जलवायुका सूचकले तोडे सबै रेकर्ड : डब्लूएमओ प्रतिवेदनमा २०२७ अझ तातो हुने चेतावनी गोर्खाज–राइनोज भिडन्तमा दुवै टोलीको प्लेइङ–११ फेरियो, शहाब र मलान बाहिर ख्वाजाको दाबीलाई वार्नरको साथ : स्यान्डपेपर प्रकरणमा आठ वर्षपछि नेपालबाट सन्देश दिवालीको राति भारतभर आगलागी : २३ जनाको मृत्यु, कैयौँ घाइते मनसुन विपद्को डेढ महिनापछि अन्नपूर्णका सबै बस्तीमा सडक पुनः सञ्चालन फ्रान्समा लागूऔषध गिरोहको जालमा बालबालिका : प्रलोभनदेखि हत्यासम्मको बाटो जलवायुका सूचकले तोडे सबै रेकर्ड : डब्लूएमओ प्रतिवेदनमा २०२७ अझ तातो हुने चेतावनी गोर्खाज–राइनोज भिडन्तमा दुवै टोलीको प्लेइङ–११ फेरियो, शहाब र मलान बाहिर ख्वाजाको दाबीलाई वार्नरको साथ : स्यान्डपेपर प्रकरणमा आठ वर्षपछि नेपालबाट सन्देश

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

राष्ट्रिय जुनियर टेनिस : चार उमेर समूहमा शाश्वत, आर्यश, निधय र स्वरा च्याम्पियन

खेलकुद By

पोखरामा सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा चार खेलाडीले आआफ्नो उमेर समूहमा उपाधि जितेका छन्। शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापा च्याम्पियन बनेका हुन्।

गण्डकी प्रदेश टेनिस सङ्घको आयोजना र कास्की जिल्ला टेनिस सङ्घको सहकार्यमा भएको प्रतियोगिताको यू–१८ ब्वाइज सिङ्गल्स फाइनलमा शाश्वत बज्राचार्यले असव सम्राट हाडालाई ६–२, ६–० को सोझो सेटमा हराए।

यू–१४ ब्वाइज सिङ्गल्समा आर्यश राज पौडेलले अभिषेक बायलकोटीलाई ६–०, ६–१ ले पराजित गरे भने यू–१२ ब्वाइज सिङ्गल्समा निधय विक्रम रानाले इभान भट्टराईलाई ६–१, ६–४ को सेटमा हराउँदै उपाधि हात पारे।

यू–१४ गल्र्स सिङ्गल्सको फाइनल भने निकै प्रतिस्पर्धात्मक बन्यो। स्वरा थापाले एरा खत्रीलाई ६–१, २–६, ६–३ को सेटमा हराउँदै च्याम्पियन बनिन्।

विजेता तथा उपविजेता खेलाडीलाई मुख्य प्रायोजक ट्रयाङ्क्युलिटी स्पाका एरिया कोअर्डिनेटर प्रमिला थापा, आयोजक सङ्घका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोकबहादुर गुरुङ, कास्की जिल्ला टेनिस सङ्घका उपाध्यक्ष नवीन श्रेष्ठ र सचिव भीष्मराज पौडेलले पदक, ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरे।

आयोजकका अनुसार प्रतियोगिताले युवा खेलाडी उत्पादन र टेनिसको विकासमा योगदान पुर्‍याएको छ। पछिल्लो तीन वर्षमा सङ्घबाट प्रशिक्षण लिएका एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा परेका छन् भने केहीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

गत कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा पोखरासहित विभिन्न जिल्लाका ४३ खेलाडी सहभागी थिए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *