Sunday, November 8, 2026
Breaking
साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद वातावरण जोगाउन एआईको प्रयोग बढ्दै, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतले चिन्ता थप्यो हाइनानको जंगलमा भेटियो भ्यागुताको नयाँ प्रजाति लक्ष्मीपूजाको दिन काठमाडौंमा फूलको व्यापार उफानमा रुपन्देहीमा भारतीय मोटरसाइकलसहित सात लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद वातावरण जोगाउन एआईको प्रयोग बढ्दै, तर डेटा सेन्टरको ऊर्जा र पानी खपतले चिन्ता थप्यो हाइनानको जंगलमा भेटियो भ्यागुताको नयाँ प्रजाति लक्ष्मीपूजाको दिन काठमाडौंमा फूलको व्यापार उफानमा रुपन्देहीमा भारतीय मोटरसाइकलसहित सात लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

देउवा समूहका ३९ जिल्लामा नयाँ नेतृत्व, महाधिवेशनको तयारी तीव्र

राजनीति By

समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरेको छ। समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका ल्याएको समूहले जिल्ला अधिवेशन कार्तिक मसान्तसम्म सक्ने लक्ष्य राखेको छ।

नवनिर्वाचित जिल्ला सभापतिहरू यसप्रकार छन् : ताप्लेजुङ–अमरबहादुर सेन्दाङ, झापा–कृष्ण हुमागाईं, संखुवासभा–रामकुमार जिमी, भोजपुर–धर्मराज राई, खोटाङ–रोजेन राई, धनुषा–कोमलकान्त झा, बारा–राजेशराय यादव, सिन्धुपाल्चोक–बालकृष्ण बस्नेत, चितवन–मिलनबाबु श्रेष्ठ, कास्की–ऋषिराम काफ्ले, पर्वत–यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जा–इन्द्रबहादुर गोदार, म्याग्दी–हिराबहादुर पुन, कपिलवस्तु–राजेश सिंह, अर्घाखाँची–बाबुराम पौडेल, रोल्पा–मानबहादुर खत्री, प्युठान–देवेन्द्र बर्मा, दाङ–गोपालराज शर्मा, रुकुम (पश्चिम)–नन्दबहादुर विष्ट, सल्यान–दीपक चन्द, जुम्ला–नेत्रकला शाही, मुगु–तिलक मल्ल, हुम्ला–सूर्यबहादुर शाही, कालिकोट–नगेन्द्र विष्ट, दैलेख–दिनेशकुमार हमाल, डोटी–बाजिसिंह खड्का, दार्चुला–सुरेन्द्रराज अवस्थी, बैतडी–वीरबहादुर विष्ट, बझाङ–हर्कजंगबहादुर सिंह, उदयपुर–बसन्तकुमार बस्नेत, रसुवा–उपेन्द्र लम्साल, बाँके–प्रमोद श्रेष्ठ, जाजरकोट–रामजंग शाह, डडेलधुरा–डिल्लीराम जोशी, बाजुरा–धनराज पण्डित, काभ्रेपलाञ्चोक–रमेशप्रसाद हुमागाईं, गुल्मी–वेदबहादुर थापामगर, बर्दिया–जग्गाप्रसाद पाण्डे र ओखलढुंगा–डेकराज भट्टराई।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *