Sunday, November 8, 2026
Breaking
पाकिस्तानको जितसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरियो तिहार–छठमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्री श्रेष्ठले गरे कमाण्ड सेन्टरको निरीक्षण नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे बौद्ध कप फुटबल : एभरग्रिन च्याम्पियन, मितेरीलाई ३–० ले पराजित इरानमा हतियार आपूर्ति रोक्न अमेरिकी सेनाले बनायो विशेष कार्यदल पोखरामा स्टार्टअप समिट : युवालाई रोजगारी खोज्ने होइन, सिर्जना गर्ने बनाउने अभियान पाकिस्तानको जितसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरियो तिहार–छठमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्री श्रेष्ठले गरे कमाण्ड सेन्टरको निरीक्षण नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे बौद्ध कप फुटबल : एभरग्रिन च्याम्पियन, मितेरीलाई ३–० ले पराजित इरानमा हतियार आपूर्ति रोक्न अमेरिकी सेनाले बनायो विशेष कार्यदल पोखरामा स्टार्टअप समिट : युवालाई रोजगारी खोज्ने होइन, सिर्जना गर्ने बनाउने अभियान

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे

समाचार By

२२ कात्तिक, नवलपुर । तिहार नजिकिएसँगै नवलपुरमा मौलिक बाजा मादलको कारोबार फेरि बढ्न थालेको छ । युवापुस्ता परम्परागत बाजातर्फ आकर्षित हुन थालेपछि यहाँका कालीगढ र पसल सञ्चालकहरू व्यस्त भएका छन् ।

विगत २७ वर्षदेखि मादल बनाउँदै आएका यहाँका कालीगढ नारायण नेपालीका अनुसार पछिल्ला वर्षहरूमा घटेको मादलको माग अहिले पुरानै अवस्थामा फर्किएको छ । पहिले चाडपर्वका बेला मात्र केही मात्रामा मादल बिक्री हुने गरेकोमा अहिले बजार वर्षभरि नै चलायमान बनेको उनको भनाइ छ । केही वर्षअघिसम्म स्पिकरको प्रयोग बढ्दा मादलको बजार खुम्चिएको थियो, तर अहिले नाचगानमा मादल अनिवार्य जस्तै प्रयोग हुन थालेको छ ।

नारायणलाई मादल बनाउने काममा घरका अन्य दुई सदस्यले सघाउँछन् । उनकी श्रीमती चन्द्रा नेपाली मादलमा खरी घोट्ने काम गर्छिन् भने अन्य दुई जनाले मादल तयार पार्ने काम गर्छन् । एउटा मादल तयार पार्न कम्तीमा तीन घण्टा लाग्ने गरेको चन्द्राले बताइन् । मादल बनाउन चाहिने सामान पोखरा, काठमाडौँ र भारतबाट समेत ल्याउने गरिएको छ ।

यहाँको राधाकृष्ण म्युजिक सपका सञ्चालक दिनेश नेपालीले यस वर्ष मादलको कारोबार बढेको बताए । विगतका तिहारमा सुनसान हुने पसलमा अहिले ग्राहकको चहलपहल बढेको र किन्न आउनेमध्ये अधिकांश युवा रहेको उनको भनाइ छ ।

घोषणा मादल पसलकी सञ्चालक शान्तमाया बसेलका अनुसार गत वर्षबाट बढ्न थालेको कारोबार यस वर्ष कोरोनाअघिकै अवस्थामा पुगिसकेको छ । विगत १० वर्षदेखि पसल सञ्चालन गर्दै आएका उनका श्रीमान् विष्णुकुमार बसेलले विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूह र व्यक्तिगत प्रयोजनका लागि मादल खरिद हुने गरेको बताए ।

यहाँ बनेका मादल नवलपुरसहित चितवन, तनहुँ, लमजुङ र पोखरासम्म पुग्ने गरेका छन् । बजारमा दुई हजार ५०० देखि आठ हजार रुपैयाँसम्मका मादल र १४ हजार रुपैयाँसम्मका ढोलक बिक्री भइरहेका छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *