नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९.९६ रुपैयाँ र बिक्रीदर १५०.५६ रुपैयाँ रहेको छ।
युरोपियन युरो एकको खरिददर १६७.१२ र बिक्रीदर १६७.७८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २००.२० र बिक्रीदर २०१.०१ रुपैयाँ तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८२.७६ र बिक्रीदर १८३.४९ रुपैयाँ कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२.९६ र बिक्रीदर १०३.३७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०६.१३ र बिक्रीदर १०६.५६ रुपैयाँ तथा सिङ्गापुर डलर एकको खरिददर ११६.८९ र बिक्रीदर ११७.३६ रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९.४६ र बिक्रीदर ९.५० रुपैयाँ, चिनियाँ युआन एकको खरिददर २२.४६ र बिक्रीदर २२.५५ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३९.९५ र बिक्रीदर ४०.११ रुपैयाँ तथा कतारी रियाल एकको खरिददर ४१.१६ र बिक्रीदर ४१.३२ रुपैयाँ कायम भएको छ।
थाई भाट एकको खरिददर ४.४७ र बिक्रीदर ४.४८ रुपैयाँ, युएई दिराम एकको खरिददर ४०.८३ र बिक्रीदर ४०.९९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६.९५ र बिक्रीदर ३७.०९ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ११.०० र बिक्रीदर ११.०४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५.१६ र बिक्रीदर १५.२२ रुपैयाँ तथा डेनिस क्रोनर एकको खरिददर २२.३५ र बिक्रीदर २२.४४ रुपैयाँ तोकिएको छ।
हङकङ डलर एकको खरिददर १९.१३ र बिक्रीदर १९.२० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४८७.१२ र बिक्रीदर ४८९.०७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३९७.४६ र बिक्रीदर ३९९.०५ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३८९.४९ र बिक्रीदर ३९१.०५ रुपैयाँ तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६०.०० र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।
