Monday, November 9, 2026
Breaking
सुन तोलामा एक हजार ३०० ले महँगियो, चाँदी पनि उकालो कर्णाली राजमार्गमा जिप खस्दा एक जनाको ज्यान गयो, पाँच घाइते सिद्धार्थ राजमार्गमा बस जाँच गर्दा प्रतिबन्धित इन्जेक्सनसहित युवक पक्राउ सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि बिग्रियो : ओली सिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना समातिए पर्सामा पटकाको छर्रा छातीमा लागेर आठ वर्षीय कुन्दन सहनीको मृत्यु सुन तोलामा एक हजार ३०० ले महँगियो, चाँदी पनि उकालो कर्णाली राजमार्गमा जिप खस्दा एक जनाको ज्यान गयो, पाँच घाइते सिद्धार्थ राजमार्गमा बस जाँच गर्दा प्रतिबन्धित इन्जेक्सनसहित युवक पक्राउ सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि बिग्रियो : ओली सिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना समातिए पर्सामा पटकाको छर्रा छातीमा लागेर आठ वर्षीय कुन्दन सहनीको मृत्यु

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

कोप–३१ को उद्घाटनमा नेपालका तीन कार्यक्रम, हिमाल र जलवायु वित्तको मुद्दा उठाइने

विश्व By

टर्किए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन कोप–३१ आजदेखि टर्किएको अन्ताल्यामा सुरु हुँदैछ । मङ्सिर ४ गतेसम्म चल्ने सम्मेलनको उद्घाटनकै दिन नेपालका तर्फबाट तीनवटा महत्वपूर्ण कार्यक्रम तय भएका छन् ।

स्थानीय समयअनुसार बिहान १० बजेदेखि साढे १० बजेसम्म क्लिन इनर्जी नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु वित्त र कार्यान्वयन विस्तार गर्ने विषयमा कार्यक्रम गर्दैछ । दिउँसो साढे १२ बजेदेखि १ बजेसम्म नेपाल सरकारको आयोजनामा हिमालदेखि समुद्रसम्म तत्काल जलवायु कदम चाल्न र जलवायु वित्त बढाउन आह्वान गर्ने कार्यक्रम हुनेछ । त्यस्तै दिउँसो ३ बजेदेखि साढे ४ बजेसम्म नेपाल, जेडओआई, किर्गिस्तान, भुटान र इसिमोडको संयुक्त आयोजनामा अनुकूलन वित्तमार्फत पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढीकरण गर्ने विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नै अन्ताल्या पुगिसकेका छन् । उनले आज उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली एजेन्डासम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ । उनी नोभेम्बर १४ मा स्वदेश फर्कनेछन् ।

सम्मेलनको दोस्रो हप्ता नोभेम्बर १५ देखि २० सम्म कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली टोलीको नेतृत्व गर्नेछिन् । उनले जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तलाई नेपालका प्रमुख प्राथमिकताका रूपमा उठाउने बताएकी छन् । नेपाल र भुटानले संयुक्त रूपमा १ दशमलव ५ डिग्री सेल्सियस तापक्रम वृद्धि र पर्वतीय क्षेत्रको एजेन्डा अघि सारेका छन् । भोटेकोशी–रसुवा क्षेत्रमा आएको बाढी र पहिरोबाट भएको क्षतिको विषय पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ ।

यसपटक नेपालले कोप–३१ मा आफ्नै राष्ट्रिय प्याभिलियन स्थापना गरेको छ, जहाँ ४० भन्दा बढी साइड इभेन्ट आयोजना गर्ने तयारी छ । सम्मेलनकै दौरान नेपाल र कोरिया सरकारबीच कार्बन व्यापारसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ ।

सम्मेलनको अधिवेशनपूर्व अवधि नोभेम्बर २ देखि ८ तारिखसम्म सम्पन्न भइसकेको छ भने मुख्य अधिवेशन नोभेम्बर ९ देखि २० तारिखसम्म चल्नेछ । नोभेम्बर ११ र १२ मा विश्व नेताहरूको शिखर सम्मेलन हुनेछ भने नोभेम्बर १५ आइतबार सम्मेलन केन्द्र बन्द रहनेछ । सम्मेलनसँगै क्योटो प्रोटोकलको सिएमपी २१, पेरिस सम्झौताको सिएमए ८, एसबिएसटिए ६५ र एसबिआइ ६५ का सत्रहरू पनि हुनेछन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *