Tuesday, November 10, 2026
Breaking
कङ्क्रिट पर्खालमुनि सुरुङ खनेर बाघिनी फेरि आरक्षबाट भागिन्, खोजीमा ६० कर्मचारी परिचालित इन्धन महँगिएपछि युरोपेली एयरलाइन्सले उडान घटाए, टिकट महँगिने संकेत कम उत्सर्जन गर्ने मुलुक नै सबैभन्दा बढी मारमा, अनुकूलनलाई न्यायसँग जोड्न खनालको आग्रह एनपीएल : सुदूरपश्चिमको १२० रन, जनकपुरसामु १२१ रनको चुनौती एनभिडिया प्रमुखको सम्पत्ति आधा घण्टामै ७ अर्ब डलरभन्दा बढी घट्यो, फोर्ब्स सूचीमा दुई स्थान तल स्विडेनको नेतृत्वमा बाल्टिक सागरमा नाटोको पनडुब्बी खोजी अभ्यास कङ्क्रिट पर्खालमुनि सुरुङ खनेर बाघिनी फेरि आरक्षबाट भागिन्, खोजीमा ६० कर्मचारी परिचालित इन्धन महँगिएपछि युरोपेली एयरलाइन्सले उडान घटाए, टिकट महँगिने संकेत कम उत्सर्जन गर्ने मुलुक नै सबैभन्दा बढी मारमा, अनुकूलनलाई न्यायसँग जोड्न खनालको आग्रह एनपीएल : सुदूरपश्चिमको १२० रन, जनकपुरसामु १२१ रनको चुनौती एनभिडिया प्रमुखको सम्पत्ति आधा घण्टामै ७ अर्ब डलरभन्दा बढी घट्यो, फोर्ब्स सूचीमा दुई स्थान तल स्विडेनको नेतृत्वमा बाल्टिक सागरमा नाटोको पनडुब्बी खोजी अभ्यास

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

बेलझुण्डी गौशालामा छ सयभन्दा बढी गाईको पूजा, दाताको सहयोगमा चल्दै गौशाला

समाचार By

तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको तुलसीपुरस्थित बेलझुण्डी गौशालामा रहेका छ सयभन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनले सञ्चालन गरेको गौशालामा सोमबार स्थानीय बासिन्दाको सहभागितामा पूजा सम्पन्न भएको हो ।

फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीका अनुसार गाई तिहारका दिन गौशालामै सामूहिक पूजा गर्ने परम्परा हरेक वर्ष निरन्तर चल्दै आएको छ । यस वर्ष पनि सोही परम्पराअनुसार पूजा गरिएको उनले बताए । सोही दिन लक्ष्मीको हवन पूजा समेत गरिएको थियो ।

पूजाका क्रममा विभिन्न दाताले गाईलाई खाना समेत प्रदान गरेका थिए । गौशाला विश्वविद्यालयको जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको हो ।

तर, गौशाला सञ्चालन गर्नु सहज नभएको अध्यक्ष योगीले बताए । गाईगोरुलाई खुवाउनुपर्ने खानपानको व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ छ । विभिन्न दाताको सहयोगले नै गौशाला चलिरहेको उनले बताए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *