काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको टाइम सूचीमा अटाएका छन् । अमेरिकी पत्रिका टाइमले सन् २०२६ का लागि सार्वजनिक गरेको सूचीमा वाग्ले समावेश भएका हुन् ।
वाग्लेलाई यो मान्यता जलवायु परिवर्तन र दिगो आर्थिक विकासमा उनले पुर्याएको योगदानका आधारमा दिइएको हो । रसुवा–भोटेकोशी क्षेत्रमा बाढी आएपछि उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो आवाज उठाएका थिए । जलवायु वित्त जुटाउने र अन्तर्राष्ट्रिय प्रणालीमा सुधार ल्याउने उनका प्रयासलाई पनि सूचीमा समेटिनुको कारण मानिएको छ ।
विगत २८ वर्षदेखि वाग्ले दिगो आर्थिक विकासको अध्ययन, नीति निर्माण र राजनीतिमा सक्रिय छन् । नेपालको अर्थतन्त्रलाई हरित र दिगो बनाउने अभियानमा उनी लामो समयदेखि लागिपरेका छन् ।
यस वर्षको टाइम सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनजस्ता विश्वचर्चित व्यक्तित्वहरू पनि परेका छन् ।
