Tuesday, November 10, 2026
Breaking
मध्यावधि हारपछि ट्रम्पको आप्रवासन नीतिमा दोधार, दक्षिण एसियालीविरुद्ध घृणा चुलिँदै ७५ केडीको जागिरबाट कुवेतमा १२ रेस्टुरेन्टका मालिक बने गुल्मीका राजु दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको बाँडफाँट : २३ सुर्खेतमा, बाँकी अन्य जिल्लामा रियादमाथि हुथीको नयाँ क्षेप्यास्त्र आक्रमण विफल, राजधानीमा विस्फोटको आवाज हात्तीका खेल रोक्न पेटाको दबाब, सर्वोच्चको फैसलालाई आधार मान्दै आयोजकलाई आग्रह दृष्टि गुमाएर पनि क्रिकेटको उज्यालो: पवन घिमिरेको संघर्ष र सफलताको कथा मध्यावधि हारपछि ट्रम्पको आप्रवासन नीतिमा दोधार, दक्षिण एसियालीविरुद्ध घृणा चुलिँदै ७५ केडीको जागिरबाट कुवेतमा १२ रेस्टुरेन्टका मालिक बने गुल्मीका राजु दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको बाँडफाँट : २३ सुर्खेतमा, बाँकी अन्य जिल्लामा रियादमाथि हुथीको नयाँ क्षेप्यास्त्र आक्रमण विफल, राजधानीमा विस्फोटको आवाज हात्तीका खेल रोक्न पेटाको दबाब, सर्वोच्चको फैसलालाई आधार मान्दै आयोजकलाई आग्रह दृष्टि गुमाएर पनि क्रिकेटको उज्यालो: पवन घिमिरेको संघर्ष र सफलताको कथा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

डडेल्धुरामा पुष्पखेतीले युवालाई गाउँमै रोजगारी, एक सिजनमा एक लाखसम्म आम्दानी

अर्थतन्त्र By

डडेल्धुरा । जिल्लाका युवा व्यावसायिक रूपमा फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानीमा राम्रो आम्दानी हुने देखिएपछि आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा लागेका हुन् । यसले गाउँमै स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि सघाएको छ ।

अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि सयपत्री फूलखेती सुरु गरेका थिए । कृषि प्राविधिक शिक्षा अध्ययन गरेका पाठकले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचले फूलखेती रोजेका हुन् । सुरुमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपरे पनि अहिले घरमै ग्राहक आउने गरेको उनी बताउँछन् ।

पाठकले स्थानीय जातका सयपत्रीसहित ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रबाट टनेल र गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएका उनले दसैँ र तिहारका बेला डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आएका छन् । फूलको माला प्रतिगोटा १०० देखि २०० रुपैयाँ र फूल प्रतिकेजी ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पाठकले बताए ।

यद्यपि किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन् । बजारमा भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको उनीहरूको गुनासो छ । कृषि ज्ञान केन्द्र डडेल्धुराले भने बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । किसानलाई बजार व्यवस्थापन र प्राविधिक सहयोग गर्न सके पुष्प व्यवसायबाट युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *