Tuesday, November 10, 2026
Breaking
डेनमार्कमा जेलेन्स्की र नर्डिक नेताहरूको भेट: युक्रेनलाई झन्डै ७२ करोड डलर सैन्य सहायता जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुन मन्त्री चौधरी टर्की उडिन् जनकपुर–सुदूरपश्चिम खेलका क्रममा दर्शकबीच झडप, प्रहरीले मैदानबाहिर निकाल्यो कामचलाउ प्रधानमन्त्री नेतान्याहुको अधिकार : नयाँ युद्ध सुरु गर्न मन्त्रिपरिषद्को बहुमत अनिवार्य पाकिस्तानसँग १०१ रनले हार्दै यु–१९ एसिया कपबाट नेपाल बाहिरियो कांग्रेस एकताबद्ध बनाउने मुख्य जिम्मा सभापति र वरिष्ठ उपसभापतिकै, डा. शर्माको भनाइ डेनमार्कमा जेलेन्स्की र नर्डिक नेताहरूको भेट: युक्रेनलाई झन्डै ७२ करोड डलर सैन्य सहायता जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुन मन्त्री चौधरी टर्की उडिन् जनकपुर–सुदूरपश्चिम खेलका क्रममा दर्शकबीच झडप, प्रहरीले मैदानबाहिर निकाल्यो कामचलाउ प्रधानमन्त्री नेतान्याहुको अधिकार : नयाँ युद्ध सुरु गर्न मन्त्रिपरिषद्को बहुमत अनिवार्य पाकिस्तानसँग १०१ रनले हार्दै यु–१९ एसिया कपबाट नेपाल बाहिरियो कांग्रेस एकताबद्ध बनाउने मुख्य जिम्मा सभापति र वरिष्ठ उपसभापतिकै, डा. शर्माको भनाइ

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

पाकिस्तानसँग १०१ रनले हार्दै यु–१९ एसिया कपबाट नेपाल बाहिरियो

खेलकुद By

काठमाडौँ — ओमानमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले हारसँगै प्रतियोगिताबाट बाहिरिनुपरेको छ।

पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो। नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए। उनले ५४ बलमा ३ चौका प्रहार गरे। निरजकुमार यादवले ५९ बलमा २९ रन बनाउँदा अभय यादवले १६ बलमा २३ रन जोडे। सूर्यांशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाए। सोहेल कुँवरले १४, रोशन शाहीले ७ तथा आशिष लुहारले ६ रन जोडे। कप्तान विपिन शर्मा एक रनमा अविजित रहे।

बलिङतर्फ पाकिस्तानका अहमद हुसेनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। मोहम्मद हुजैफा र मोहम्मद सय्यमले दुई–दुई विकेट लिए भने जहांगिर बिलाल र रिजवानुल्लाहले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको थियो। पाकिस्तानका लागि अहमद हुसेनले ७३ बलमा सर्वाधिक ८९ रन बनाए। उनले ७ चौका र २ छक्का प्रहार गरे। कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए। हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए। नेपालका लागि विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए भने सुशिल रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान एक–एक विकेट लिए।

नेपाल यसअघि भारतसँग १० विकेटले तथा यूएईसँग ७ विकेटले पराजित भएको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *