काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिक रूपमा अध्यावधिक गर्न पार्टीले सोमबार आयोगमा निवेदन दिएको हो ।
महामन्त्री प्रदीप पौडेलले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई कार्यसमितिको विवरण हस्तान्तरण गरे ।
कार्यसमितिको विवरणसँगै पार्टीका अन्य दस्तावेज पनि आयोगमा बुझाइएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार बुझाइएका दस्तावेजमा विधान संशोधनको विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरू छन् ।
महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएपछि पार्टीले आफ्नो कार्यसमिति र दस्तावेज आयोगमा दर्ता गराउने प्रक्रिया पूरा गरेको हो । कार्यसमितिको विवरण आयोगमा दर्ता भएसँगै पार्टीको आधिकारिक अभिलेख अद्यावधिक हुनेछ ।
पौडेलले कार्यसमितिको विवरणसँगै विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाएका हुन् ।
सोमबार आयोगमा निवेदन दिँदा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की पनि उपस्थित थिए । उनको उपस्थितिमा महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई विवरण हस्तान्तरण गरेका हुन् ।
