Tuesday, November 10, 2026
Breaking
एनपीएल : सुदूरपश्चिमसँग जनकपुर २७ रनले पराजित, रोयल्स दोस्रो स्थानमा एनपीएल : १२१ रनको लक्ष्य पछ्याउँदा जनकपुर ५७ रनमा ७ विकेट गुमाएर दबाबमा नेपाल संवत् ११४७ को स्वागतमा पनौतीमा सांस्कृतिक भिन्तुना र्‍याली कोप–३१ मा नेपाल पभिलियनमा ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीमाथि विशेष छलफल देउसी–भैलोमा अमर्यादित गतिविधि देखिए प्रहरीको १०० नम्बरमा खबर गर्न गृहमन्त्रीको आग्रह डेनमार्कमा जेलेन्स्की र नर्डिक नेताहरूको भेट: युक्रेनलाई झन्डै ७२ करोड डलर सैन्य सहायता एनपीएल : सुदूरपश्चिमसँग जनकपुर २७ रनले पराजित, रोयल्स दोस्रो स्थानमा एनपीएल : १२१ रनको लक्ष्य पछ्याउँदा जनकपुर ५७ रनमा ७ विकेट गुमाएर दबाबमा नेपाल संवत् ११४७ को स्वागतमा पनौतीमा सांस्कृतिक भिन्तुना र्‍याली कोप–३१ मा नेपाल पभिलियनमा ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीमाथि विशेष छलफल देउसी–भैलोमा अमर्यादित गतिविधि देखिए प्रहरीको १०० नम्बरमा खबर गर्न गृहमन्त्रीको आग्रह डेनमार्कमा जेलेन्स्की र नर्डिक नेताहरूको भेट: युक्रेनलाई झन्डै ७२ करोड डलर सैन्य सहायता

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

अन्नपूर्ण आधार शिविरमा दसैँ बिदामा पर्यटकको चहलपहल

समाचार By

म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। अनुकूल मौसम भएपछि दसैँ र तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा पर्यटकको भीड बढेको हो।

मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसैँपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेको जानकारी दिए। गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउन युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका उनले बताए। पदमार्गका रेस्टुरेन्ट र क्याम्प भरिभराउ छन्।

समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहसिक र रमणीय भएको प्रतिक्रिया दिइन्।

पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मका विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना तथा बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ। सन्धीखर्क, भुसकेट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ। हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भार गरिएको छ।

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुला सङ्ग्रहालय स्थापना गरिएको छ। गत हप्ता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ। पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामकरण गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

मौरिस हर्जोग पदमार्गअन्तर्गत नारच्याङको दोभान–छोटेपाहुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ। पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविर क्षेत्रमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *